वेब सिरिज 'आरती' को ट्रेलर सार्वजनिक

२०८० असोज २९ सोमबार
दिउसो १२:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । क्राइममा आधारित वेब सिरिज 'आरती' को ट्रेलर आश्विन २७ गते घटस्थापनाका दिन सार्वजनिक भएको छ। ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा रिलीज भएको छ। उक्त सिरिजको कथावस्तु जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित रहेको छ।
  
सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ। रोशन दासको कथा र निर्देशन रहेको छ भने कथा लेखन हिकमत शर्माले गरेका हन्।

मैथिली भाषामा नैरेशन र संवाद-अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डब्बिङ्ग स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको रहेको छ।

उक्त सिरीज नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका हुन्। आशिष दास प्रोड्युसर र राकेश शाह क्रियेटिभ प्रोड्युसर रहेका छन्।

आदर्श प्रडक्सनस (Adarsh Productions) यूट्युब च्यानलमा मैथिली र OSR Digital यूट्युब च्यानलमा नेपाली ट्रेलर सार्वजनिक भएको छ। ६ वटा एपिसोड रहेको 'आरती' वेब सिरीजको सम्पूर्ण एपिसोड OTT platform 'Net TV' र Galaxy 4K टेलिभिजनमा प्रसारण हुने भएको छ।

सत्ताधारीको औँलाको ईशारामा चल्ने न्यायलय बलात्कार गरेर हत्या गरिएको वा दाईजोकै कारणले मारेर देखाबटीरुपमा फाँसी झुण्डयाईएको आरतीहरूलाई न्याय दिनलाई कति बेईमानी भई रहेको छ भन्ने कुराको चित्रण गरिएको छ। यस सिरीजमा इतिहासमा सती प्रथाका कारण सती जानेहरू देशलाई सरापेका थिए तर समाजका दानवहरूले आफ्नो स्वार्थका लागि ज्यानको आहुति दिन बाध्य बनाउँने  चेलीबेटीहरूद्वारा समाज र देश श्रापित नहोस् भन्ने आम जनताका मनका भाव सहजै प्रस्तुत गरिएको देखिन्छ।

  • 56%
  • 0%
  • 0%
  • 6%
  • 0%
  • 0%

नेपालको NCELL विक्रीमा, नेपालबाट बाहिरिने निर्णय !

  • २०८० असोज २९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले नेपालबाट बाहिरिने निर्णय गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो । यससँगै कम्पनीले आफ्नो ८० प्रतिशत

पूरा पढ्नुहोस्

Bureau Menus