
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमले पुनः पेट्रोलियमको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेलको मात्र मूल्य घटाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
जनकपुरः खेतबाट घर गईरहेकी बालिकालाई उँखुबारीमा लगेर बलात्कार, युवक फरार
- २०८० असोज २८ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नो खेतमा धान काटेर घर फर्किरहेकी एक बालिकालाई एक युवकले बलात्कार गरेको घटना बाहिरिएको छ । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित आफनै खेतमा धान
पूरा पढ्नुहोस्