मिर्चैयाका व्यापारीहरुले राजस्व अनुसन्धानका कर्मचारीलाई लखेटेर भगाए
व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरीवाना गर्नुपर्नेमा खानतसासी गरी अनाश्वक तनाव दिन थालेपछि प्रतिकार गरेको बताईएको छ । व्यावसाय ठप्प भएर मानसिक तनाव खेपीरहेका व्यसायीलाई यो व्यवहारले थप पीडा दिएको व्यापारीहरु बताउँछन् ।

२०८० असोज २३ मंगलबार, दिउँसो ४:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयाका व्यापारीहरुले राजस्व अनुसन्धान विभागका कर्मचारीहरुलाई लखेटेर भगाईदिएको छ ।
मँगलबार छापामारी गर्न मिर्चैया आएका राजस्व अनुसन्धान विभाग इटहरीका कर्मचारीहरुलाई व्यापारीहरुले लखेटेर भगाएको हो ।
राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आएको हतियार सहितको सशस्त्र प्रहरीले विगत केहदिनदेखि स्थानीय व्यापारीहरुलाई तनाव दिन थालेपछि उनीहरुले मँगलबार प्रतिकार गरी भगाएको हो ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका टोलिले पसल, गोदाम र घर खानलासी गरीसकेर पनि हतियार सहितका प्रहरीले घर घेरेर बस्दा व्यापारीहरुलाई तनाव भएको थियो । रातभरी सुत्न नसकेको व्यसायीहरुले बताए। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्यक दराज यहाँ सम्मकी बच्चाहरुको झोलासम्म खोलेर हेरेपनि अझै प्रहरी घरेवन्दिमा बस्नुपर्दा तनाव भएपछि प्रतिकार गरेको बताएका छन् ।
स्थानीय व्यसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कार्वाही गर्दा हुन्छ, तर, बम, बारुद्ध भएजस्तो प्रहरीले घेराहालेर बस्दा व्यसायीहरु थप मानसिक तनाव भएको बताए।
व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरीवाना गर्नुपर्नेमा खानतसासी गरी अनाश्वक तनाव दिन थालेपछि प्रतिकार गरेको बताईएको छ । व्यावसाय ठप्प भएर मानसिक तनाव खेपीरहेका व्यसायीलाई यो व्यवहारले थप पीडा दिएको व्यापारीहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…