इजरायलमा आक्रमण गर्ने 'हमास' लाई मुस्लिम आयोगका अध्यक्ष अन्सारीले आतंककारी भनेपछि...
विभिन्न देशका मुस्लिम नागरिकहरुले हमासको आक्रमणलाई आतंकी हमला नभएको भनेर दाबी गरिरहेका छन् भने सो समुदायका समाजिक सँजाल प्रयोगकर्ताहरुले आक्रमणलाई सराहना पनि गरेको देखिएको छ । मुस्लिम समुदायका केही व्यक्तिहरुले ईजरायलमाथिको आक्रमणलाई समर्थन समेत जनाएको समाजिक सँजालमा देखिएको छ ।

२०८० असोज २२ सोमबार, दिउँसो ३:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ईजरायलमा भएको आतंकी हमलावर हमास समूहलाई आतंककारी भन्न डराएका छन् ।
आयोगका अध्यक्ष अन्सारीले सोमबार दिउँसो आफ्नो अधिकारिक फेसबुकमा हालेको एक स्टेटसमा हमास समूहलाई आतंककारी लेखेपछि मुस्लिम समुदायका प्रयोगकर्ताहरुले उनीमाथि खनिएको हो । अन्सारीले हमासलाई आतंककारी आक्रमणकर्ता भनेपछि मुस्लिम समुदायका व्यक्तिहरुले उनलाई आतंककारी नभन्न सुझाव दिएका हुन् ।
उनले आज (सोमबार) २ः१८ बजे (दिउँसो) ईजरायल आक्रमणप्रति फेसबुक स्टेटस लेख्दै आतंकी सँगठन रहेको हमासलाई आतंककारी भनेपछि मुस्लिम समुदायका व्यक्तिहरुले हमासलाई आतंककारी भन्न नहुने उल्लेख गरेको छ ।
उनले सुरुमा “इजरायलमा अध्ययनरत विद्यार्थीहरु मध्ये १० जना विद्यार्थीहरुको हमास समूह आतंककारीको आक्रमणमा परि असामयिक निधन भएको प्रती गहिरो दुःख व्यक्त गर्दै साथै इजरायलमा रहेका समपुर्ण नेपालीलाइ नेपाल ल्याउन बिशेष पहलको लागी नेपाल सरकार लाइ आग्रह गर्दछु।” भनेर लेखेका थिए ।
.jpg)
तर, केही बेरपछि उनको स्टेटसमा टिप्पणीकर्ताहरुले हमासलाई आतंककारी लेखेको भन्दै विरोध जनाएपछि उनले १५ मिनेटपछि स्टेटस सच्याएको हो । उनले सो स्टेटसलाई सच्याएर यसरी लेखे–“इजरायलमा अध्ययनरत विद्यार्थीहरु मध्ये १० जना विद्यार्थीहरुको हमास समूहको आक्रमणमा परि असामयिक निधन भएको प्रती गहिरो दुःख व्यक्त गर्दै साथै इजरायलमा रहेका समपुर्ण नेपालीलाइ नेपाल ल्याउन बिशेष पहलको लागी नेपाल सरकार लाइ आग्रह गर्दछु।”
विभिन्न देशका मुस्लिम नागरिकहरुले हमासको आक्रमणलाई आतंकी हमला नभएको भनेर दाबी गरिरहेका छन् भने सो समुदायका समाजिक सँजाल प्रयोगकर्ताहरुले आक्रमणलाई सराहना पनि गरेको देखिएको छ । मुस्लिम समुदायका केही व्यक्तिहरुले ईजरायलमाथिको आक्रमणलाई समर्थन समेत जनाएको समाजिक सँजालमा देखिएको छ ।
ज्ञातव्य छ, हमास एक आतंकी सँगठनको रुपमा चिनिन्छन् । हमास प्यालेस्टाइनको सुन्नी–इस्लामिक कट्टरपन्थी सङ्घठन हो । गाजा पट्टीलाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकाय रहेको छ । यो अबधिमा हमासले इजरायलसँग धेरै युद्ध लडेको तथ्याँक छ । यो सङ्घठनलाई इजरायल ,संयुक्त राज्य अमेरिका, क्यानडा, जापान र युरोपेली सङ्घले आतंकबादी सङ्गठन मान्छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…