जितिया पर्वमै एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या, एक युवक पक्राउ
पर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसंग सोधपुछ चलिरहेको र आरोप पुष्टि भइ नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखि उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।

२०८० असोज २० शनिबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । जितिया पर्वकै दिन एक महिलाको हत्या भएको छ । शुक्रबार बिहान वीरगञ्जमा एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।
पर्सामा दुई हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा महिलाको हत्या भएको छ ।
धारिलो हतियारले प्रहार गरी छपकैयाकी पुनम देवीको हत्या भएको प्रहरी स्रोतलेजनाएको छ । टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पुनमको उपचारका लागि नेशनल मेडिकल कलेज पुर्याइएकोमा उनको अत्यधिक रक्तश्रावको कारण मृत्यू भएको जनाइएको छ ।
स्रोतका अनुसार घटना स्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन् । पुनम देवीको श्रीमान भारतको ग्वालियरमा छन् । उनको एक छोरा र एक छोरी छन् ।
छोरीको विवाह भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन् । घटनाबारे प्रहरीलाई बिहान ४ बजे जानकारी गराइएको थियो ।
जितिया पर्वका लागि बिहानै उनको घरमा पुगेकी बहिनीले दिदीलाई अचेत अवस्थामा बेडमा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
यता, प्रहरीले पुनम देवी हत्या प्रकरणमा एकजनालाई नियन्त्रणमा लिएको छ । हत्याको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
पर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसंग सोधपुछ चलिरहेको र आरोप पुष्टि भइ नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखि उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…