सशस्त्र प्रहरीद्धारा १०० वाकीटाकी पक्राउ
गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउकोमा बोकेर वाकीटाकी ल्याउँदै गरेका एक जना व्यक्ति सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।

२०८० असोज १५ सोमबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सशस्त्र प्रहरी बल सप्तरीले १०० वटा वाकीटोकी पक्राउ गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक सय थान वाकीटाकी सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटेको टोलीले शनिबार राति छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट उक्त परिमाणको वाकीटाकी बरामद गरेको छ ।
गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउकोमा बोकेर वाकीटाकी ल्याउँदै गरेका एक जना व्यक्ति सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।
करिब ८ लाख मूल्य बराबरको उक्त वाकीटाकीलाई आइतबार आवश्यक कारबाही प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…