सिरहाको मारुती सिमेन्ट फ्याक्ट्री अगाडी भयानक दुर्घटना, दुईको मृत्यू, २५ घाईते
सोही दुर्घटनामा घाईते भएका २५ जनाको उपचार स्थानीय अस्पतालहरुमा भईरहेको तथा गम्भिर घाईतेहरुलाई सिरहा पठाएको बताए ।

२०८० असोज १४ आइतबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ ।
आईतबार दिउँसो करिब २ः३० बजेको समयमा सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने २५ जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।
राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतका अनुसार, दिउँसो तीब्र गतिमा चलाएको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । उनीहरुको सनाखत अझै हुन सकेको छैनन् ।
सोही दुर्घटनामा घाईते भएका २५ जनाको उपचार स्थानीय अस्पतालहरुमा भईरहेको तथा गम्भिर घाईतेहरुलाई सिरहा पठाएको बताए ।
बसका चालक र बस मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…