TikTok मा हिन्दुहरुलाई गाली गर्ने युवकलाई बजरँग दलले गरे रामधुलाई
कुटाई खाने युवक केही दिन अगाडी समाजिक सँजालमा धार्मिक द्धन्द्ध फैलाउने खालको भिडियो हालेका थिए । सोही क्रममा बजरँग दलले उनलाई समातेर कुटपिट गरेको हो ।

२०८० असोज १४ आइतबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । टिकटोक प्लेटफर्ममा हिन्दु धर्मावलम्बीहरुलाई अभद्र गाली गलौज गर्ने युवकलाई सार्वजनिक रामधुलाई गरिएको छ ।
टिकटोकमा भए भिडियो सेयर गरी युवकले हिन्दुहरुमाथि अभद्र टिप्पणी गरेका थिए । उनले हिन्दुहरुको नाम किटान गरी “हिन्दुओँका बुनियाद हिला दुँगा” अर्थात हिन्दुहरुको अस्तित्व डगमगाईदिने जस्ता भिडियो बनाएका थिए ।
समाजिक सँजालमा सो भिडियो भाइरल बनेपछि उनलाई करिब एक महिनापछि बजरँग दलका युवकहरुले पक्राउ गरी कुटपिट गरेको हो ।
टिकटोकमा सम्प्रादायिक भिडियो हाल्ने युवकलाई मधेश प्रदेशको रौतहट जिल्लास्थित कुटपिट गरिएको हो । रौतहटको जयनगर बस्ने ती युवकलाई बजरँग दलका युवकहरुले चोकमा पक्राउ गरी कुटपिट गरेको हो ।
कुटाई खाने युवक केही दिन अगाडी समाजिक सँजालमा धार्मिक द्धन्द्ध फैलाउने खालको भिडियो हालेका थिए । सोही क्रममा बजरँग दलले उनलाई समातेर कुटपिट गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…