सेवाग्राही थर्काउने र असुली गर्ने इन्सपेक्टर यादव जिम्मेवारीबाट हटाइए
यद्यपि, सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले भने अवकाश पाउन केहि दिन बाँकी रहँदा जानसक्ने प्रचलनका कारण उनी गएको बताए । श्रोतका अनुसार, समाचार आएपछि सिंगो संस्था थप बद्नाम हुने डरले उनलाई जिम्मेवारीबाट हटाइएको छ ।

२०८० असोज १० बुधबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामनारायण यादव जिम्मेवारीबाट हटाइएका छन् । इन्सपेक्टर यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले मंगलबार जिम्मेवारीबाट हटाएको हो ।
उनी सर्वसाधारणसँग अभद्र व्यवहार गर्ने गरेको र असुली धन्दा चलाउने गरेको समाचार सोमबार सञ्चारमाध्यममा आएको थियो । त्यसलगत्तै जिल्ला प्रहरीले उनलाई जिम्मेवारबाट हटाएको हो ।
इन्सपेक्टर यादवले पनि आफू आजबाट अवकाश पाइसकेको बताएका छन् । तर, उनी ३० वर्षे सेवावधिका कारण असोज १२ गते अवकाश पाउने थिए । अवकाश पाउनै लाग्दा विवादमा परेपछि उनलाई अगावै जिम्मेवारीबाट हटाइएको हो ।
यद्यपि, सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले भने अवकाश पाउन केहि दिन बाँकी रहँदा जानसक्ने प्रचलनका कारण उनी गएको बताए । श्रोतका अनुसार, समाचार आएपछि सिंगो संस्था थप बद्नाम हुने डरले उनलाई जिम्मेवारीबाट हटाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…