जनकपुरमा 'रामजानकी इन्टरनेश्नल स्टेडियम' को डिपिआर गरिदै 

२०८० भदौ ३१ आइतबार
बिहान ०८:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रामजानकी अन्तराष्ट्रिय स्टेडियम निर्माणको लागि डिपिआर निर्माण गर्ने भएको छ । 

सर्वाधिक चर्चित मानिएको रामजानकी स्टेडियमको डीपीआर असोजको तेस्रो हप्ता भित्रै गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको मुख्यमन्त्री यादवले बताएका छन् ।

 ‘भारत सरकारबाट प्राप्त १ सय करोड अनुदान रकम र बाँकी मधेश प्रदेश सरकारको लगानी रहने स्टेडियमको डीपीआरको काम अगाडि बढाउने निर्णय भएको छ’ उनले भने, स्टेडियम निर्माणगरी ११ औं राष्ट्रिय खेलकुदको आयोजना गर्ने तयारीमा सरकार लागेको छ ।

स्टेडियमका लागि २० बिघा भन्दा बढी जमिन गुठी संस्थानले उपलब्ध गराएको छ । बहुउद्देश्यीय रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेतको आयोजना गर्न मिल्ने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणको क्रममा १ सय करोड रुपैयाँ दिने घोषणा गरेका थिए । तर प्रदेश सरकारले योजना नदिँदा सो रकम अलपत्र परेको थियो । 

स्टेडियम निर्माणका लागि भारतीय अनुदान रकम लगायत भारतीय राजदूतावासले ‘ग्रीन सिग्नल’ दिइसकेको छ । ५० लाख भन्दा माथिको विकास योजनाको टेण्डर गर्न मन्त्रीहरुलाई मुख्यमन्त्री यादवले निर्देशन दिएका छन् ।‘टेण्डर प्रक्रियालाई तत्काल अगाडि बढाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ’ उनले भने, समयमै विकासका योजनाहरु पूरा गर्न सरकार लागेको छ ।

असोज २१ गते प्रदेश सभाको बैठक आह्वान गरिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यस अगावै मन्त्रालयहरुलाई कार्यविधि बनाइसक्न र आवश्यक विधेयकहरु तयार गर्न निर्देशन दिएको छ । 

मन्त्रालयहरुलाई बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाएर अगाडि बढ्न भनिएको मुख्यमन्त्री यादवले बताए । असोजदेखि पर्व त्यौहार मनाउँदै विकास निर्माणको कार्यलाई अगाडि बढाइने छ ।

 विकास निर्माणको कार्यलाई नियमित रुपमा अनुगमन गर्न मुख्यमन्त्री कार्यालयका एकजना सचिवको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । सो समितिले ८ वटै जिल्लामा नियमित रुपमा अनुगमन गरी प्रतिवेदन सरकारलाई दिने बताइएको छ । आर्थिक अनियमिततालाई रोक्न प्रदेश सरकारको सबै योजनाको नियमित अनुगमन गरिने बताइएको छ ।
 

  • 37%
  • 49%
  • 0%
  • 4%
  • 0%
  • 0%

भारतले पठायो सूर्यको अध्ययन गर्न अन्तरिक्ष यान आदित्य–एल १

  • २०८० भदौ ३१ आइतबार

न्यूज ब्यूरो, काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको

पूरा पढ्नुहोस्

Bureau Menus