
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेलरमट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेलरमट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको बताईएको छ ।
मधेश प्रदेशः बारामा दुई दिनमा दुई जनाको हत्या
- २०८० भदौ २९ शुक्रबार
न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लामा दुई दिनमा दुई जनाको हत्या घटनाले तरँग भएको छ । बारामा हत्याको श्रृङखला शुरू भएको छ । एउटै नगरपालिकामा दुईदिनमा दुईजनाको हत्या
पूरा पढ्नुहोस्