धनुषाः ओरकेष्ट्रा नल्याएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास, कपडा, मोबाईल, मोसा सबै लुटियो
पीडितहरुमध्ये लगमा बस्ने लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादब को छोरा अन्दाजी १८ वर्षको बिजय यादव सहित ५–६ जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छ । उनीहरुसँग साँझ भनाभन भएको थियो ।

२०८० भदौ २३ शनिबार, बिहान ७:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा कृष्णा अष्टमीको मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ ।
पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. १ मँगराहास्थित आयोजना गरिएको कृष्णाष्टमी मेलामा ओरकेष्ट्रा ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको बताईएको छ ।
शुक्रबार राती करिब १० बजेको समयमा मेला आयोजनाको लागि डिजेल लिएर फर्किदै गर्दा केही युवकहरुले बीच बाटोमा रोकेर ज्यानै मार्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कमला नगरपालिकाको मँगराहा र नरहाटोलको बीचमा मेला आयोजक समितिबाट रहेका सिरहाका रबिन्द्र राम, सिरहा थलहाकै दिपेन्द्र यादव र कमला नगरपालिका वडा नं. ३ लगमाका लभ कुमार महरालाई ज्यान मार्ने गरी कुटपिट गरिएको हो ।
कृष्णाष्टमी मेला आयोजना गरिएकोमा ओरकेष्ट्रा नचाउने कुरा भएपनि ओरकेष्ट्रा ननचाएको भन्दै लगमाका केही युवकहरुसँग नाच कार्यक्रमको बेला नै भनाभन भएको थियो । रातीमा नाच गराउनको लागि विद्युत कटने भन्दै जेनेरेटरको लागि डिजेल ल्याउन जाँदा उनीहरुलाई केही जनाले फ्लोअप गरेको पीडितको बयान छ ।
सुरुमा लगमा बजारस्थित रहेको पेट्रोल पम्पमा डिजेल ल्याउन जाँदा त्यहाँ नभेटेपछि कमला नगरपालिका वडा नं. ६ मडानस्थित रहेको पेट्रोल पम्पबाट डिजेल लिएर मँगराहातर्फ जाँदै गर्दा मँगराहा र नरहाकोबीचमा रोकेर ज्यान मार्ने प्रयास गरिएको हो ।
उनीहरुको मोटरसाईकल, मोबाईलसहित कपडा समेत लुटेका छन् । उनीहरु मात्र अन्डरवियरमा घर फर्केर घटनाबारे बताएका थिए ।
पीडितहरुमध्ये लगमा बस्ने लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादब को छोरा अन्दाजी १८ वर्षको बिजय यादव सहित ५–६ जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छ । उनीहरुसँग साँझ भनाभन भएको थियो ।
तीनै जनालाई फाईटर र फलामे हतियारले प्रहार गरेको देखिएको छ । टाउकोमा गम्भिर चोट लागेको एक जनाको अवस्था गम्भिर रहेको छ ।
अहिले तिनै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुर धाममा उपचार भैइरहेको छ। आक्रमणमा परेका तिनैको मामा राम पुकार महराको घरमा मेला महोत्सव लागेको तिनैजनासङ्ग रहेको एक पल्सर मोटर न स १० प ६२७६ सहित तिनीहरुसङ्ग रहेका दुई थान मोबाइल ,२५ हजार रुपैया नगद,लगाएका सम्पुर्ण कपडा बाहेक अन्दरबियर सम्पूर्ण लिएर भागेको छन ।
ईलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनामा तीन फरार रहेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…