अपराध : धनुषामा एक युवतिको रहस्यमयी मृत्यू , श्रीमान र ससुरा फरार !
न्यूज ब्यूरो | जनकपुरधाम, १५ जेठ । धनुषामा एक युवतिको रहस्यमयी मृत्यू भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ गजरिया बस्ने अन्दाजी बर्ष १९ को विजय यादवकी श्रीमति गीता देवी यादव आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । १६ वर्षिय गीता सोमबार दिउँसो आफ्नै घरमा घाँटीमा डोरी बाँधी झुण्डिएक

२०७५ जेठ १५ मंगलबार, बिहान १०:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १५ जेठ । धनुषामा एक युवतिको रहस्यमयी मृत्यू भएको छ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ गजरिया बस्ने अन्दाजी बर्ष १९ को विजय यादवकी श्रीमति गीता देवी यादव आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
१६ वर्षिय गीता सोमबार दिउँसो आफ्नै घरमा घाँटीमा डोरी बाँधी झुण्डिएको अवस्थामा भेटिएपछि उनका श्रीमान र ससुरा फरार भएको प्रहरीले जनाएको छ ।
गत फागुनमा मात्र विजय र गीता वैवाहिक बन्धनमा बाँधिएको थियो भने विहेको ३ महिना नवित्दै यस्तो घटना भएपछि माईती पक्षले हत्या गरी झुण्डयाइएको आरोप लगाइएको छ ।
स्थानीयहरुका अनुसार, विहे भएदेखि नै गीता विजयलाई पसन्द भएको भन्दै विभिन्न समयमा यातना समेत दिँदै आएका थिए ।
विहेमामा ४ लाख रुपैयाँ नगद, ४ तोला सुन, मोटरसाईकल सहित अन्य चिजहरु मोटो रुपमा लिएका छन् ।
महोत्तरी जिल्लाको सीतापुर नगरपालिका वडा नं. ९ अजगेबा टोल बस्ने हरि यादवकी छोरी गीतालाई विजयले निरन्तर यातना दिँदै आएको छिमेकीहरु बताउँछन् ।
सोमबार दिउँसो नै गीताका बुवा हरि यादवलाई गीताको माईतीबाट बोलाएर छोरी घरबाट भागेको भन्दै विजयका वुवा (गीताका ससुरा) ले गाउँभरि घुमाएका थिए ।
गाउँभरि घुमाएपछि पुनः घरमै खोजौ भनेर खोजेपछि घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । आफूलाई पासो देखेर डर लाग्ने गरेको भन्दै गीताकै बुवावाट गीताको पासो काट्न लगाइएको थियो ।
झुण्डिएको तस्विर समेत उनका ससुरा र श्रीमान विजयले मोबाईलममा खिचेर राखेका छन् भने केही छिमेकीहरुलाई बोलाएर आफैँ झुण्डिएको भनेर देखाएका थिए ।
तर गीताका बुवाले भने गीता झुण्डिएको घरबाहिरैबाट झिझिर (चुकुल) लगाएको थियो भनेर बताएका छन् ।
विहे देखि नै छोरीलाई यातना दिँदै आएको बताउँदै उनका वुवाले छोरीलाई हत्या गरी झुण्डाइएको आरोप लगाएका छन् ।
यता, गीताको शवलाई आज पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गीताको मुद्दामा प्रहरीले अनुसन्धान कडा पारेको तथा पोष्टमार्टमपछि थप जानकारी खुल्ने धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जनाए ।
गीताको ससुरा पक्षमा श्रीमान्, ससुरा र सासुआमा मात्र बस्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…