TikTok बन्द गराउन सरकारकी प्रवक्तालाई निवेदन, होला त TikTok बन्द ?
उनको निवेदनमा भनिएको छ ‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’ ।

२०८० भदौ १५ शुक्रबार, बिहान ११:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारी निकायबाट नियमन हुन नसकेको समाजिक सँजाल टिकटोक बन्द गराउनको लागि सरकारलाई निवेदन गरिएको छ ।
सामाजिक अभियान्ता युवराज पौडेल सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । उनले टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको गुनासोसमेत गरेका छन् ।
सफलले आफ्नो निवेदनमा टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको तर्क गरेका छन् ।
उनको निवेदनमा भनिएको छ ‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…