धनुषाको बाहुनमारामा पाँच दिने योग शिविर
विनय कुमार यादव | जनकपुरधाम, १४ जेठ । धनुषाको बाहुनमारामा आईतवारदेखि ५ दिने योग शिविर सँचालन भएको छ । मिथिला नगरपालिका वडा नं. ११ उत्तमपुर (बाहुनमारा) मा आईतवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख हरिनारायण महतोले उद्घाटन गरेका हुन् । प्रमुख महतोल उद्घाटन कार्यक्रममा दीप प्रज्वलन गर्दै योग शिविरको

२०७५ जेठ १४ सोमबार, दिउँसो ४:४३ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, १४ जेठ । धनुषाको बाहुनमारामा आईतवारदेखि ५ दिने योग शिविर सँचालन भएको छ ।
मिथिला नगरपालिका वडा नं. ११ उत्तमपुर (बाहुनमारा) मा आईतवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख हरिनारायण महतोले उद्घाटन गरेका हुन् ।
प्रमुख महतोल उद्घाटन कार्यक्रममा दीप प्रज्वलन गर्दै योग शिविरको शुभारम्भ गरेका हुन् । जेठ १७ गतेसम्म चल्ने निःशूल्क योग शिविरमा नगरबाट व्यापक सँख्यामा सर्वसाधारणलाई सहभागी गराइने लक्ष्य लिइएको हो ।
योगबाट हुने स्वास्थ्य रुपी फाईदाको बारेमा चर्चापरिचर्चा गर्दै वरिष्ठ योग प्रशिक्षक राजु घलेले योग शिविरमा सहभागी हुन आग्रह गरे ।
ब्रह्मकुमारी राजयोग केन्द्र बर्दिबासकी प्रमुखको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम केन्द्रकी प्रमुख कोमल ब्रह्मकुमारी र मिनपाका प्रशासकीय अधिकृत रामकुमार कार्कीले आआफ्नो बिचार राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…