उमेशका आमावुवालाई "अल-रसीद एविटङ कम्पनी" मा कार्यरत नेपालीद्धारा २ लाख सहयोग
न्यूज ब्यूरो | जनकपुरधाम, १४ जेठ । विगत १२ वर्षदेखि सउदी जेलमा रहेका धनुषाका उमेश यादव बचाउ अभियान अन्तर्गत सउदी स्थितको एक कम्पनीका कार्यरत नेपालीहरुले २ लाख रुपैयाँ सहयोग गरेका छन् । सउदीको अल रसीद एविटङ कम्पनीमा कार्यरत मधेसी मूलका नेपालीहरुले उमेश बचाउ अभियान अन्तर्गत माफीनामा पत्र वापत चाहिने र

२०७५ जेठ १४ सोमबार, दिउँसो ४:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १४ जेठ । विगत १२ वर्षदेखि सउदी जेलमा रहेका धनुषाका उमेश यादव बचाउ अभियान अन्तर्गत सउदी स्थितको एक कम्पनीका कार्यरत नेपालीहरुले २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
सउदीको अल रसीद एविटङ कम्पनीमा कार्यरत मधेसी मूलका नेपालीहरुले उमेश बचाउ अभियान अन्तर्गत माफीनामा पत्र वापत चाहिने रकममा सहयोग गर्ने उदेश्यले २ लाख २ सय ३५ रुपैयाँ नेपाली न्यूज ब्यूरोका सिरहा शाखा प्रमुख विनय यादव मार्फत पठाएका थिए ।

ग्रोविँग नेपाल फाउण्डेशनको खातामा उमेशको माफीनामा पत्र वापत चाहिने ३० लाख रुपैयाँ लक्ष्य भन्दा १५ लाख रुपैयाँ बढी भएपछि सहयोगकर्ताहरुले उमेशका आमावुवालाई सहयोग रकम पठाउने गरेका छन् ।
सउदीबाट उक्त कम्पनीमा कार्यरत युवाहरुले उमेशको आमावुवाको दयनीय अवस्था देखेपछि सहयोगी मनहरुले सहयोग गरेका हुन् ।
यसअघि समेत विभिन्न ठाउँबाट उमेशका आमावुवाको लागि सहयोग गर्ने गरेका छन् ।
सोमबार विहान कमला नगरपालिका वडा नं. ३ बस्ने उमेशको घर नै पुगी न्यूज ब्यूरो टिमले उक्त रकम हस्तान्तरण गरेका छन् ।
रकम बुझदै उमेशका बृद्ध आमावुवाले सहयोगी हातहरुलाई धन्यवाद दिँदै छोरालाई जसरी पनि बचाईदिन आग्रह गरे ।
उमेश वैदेशिक रोजगारीमा जाँदा उडान खर्च तीर्न नसक्दा साहूको ब्याजमै उमेशको जमिन जाथा बेचिएर मात्र ५ धुर जग्गामा गुजारा गर्दै आएका छन् ।
छोराहरुले मात्र १ धुर जग्गा जिविका दिएर बाँकीका जग्गा जमिन बाँडफाँड गरी अलगै बसेका छन् भने उमेशमै रहेका उनका आमावुवाको हेरचाह गर्ने कोही नभएर थलो परेका छन् ।
उमेशकी श्रीमति उमेश जेल गएपछि एक दुई वर्षमै गाउँ छाडेर महेन्द्रनगर बसेकी छन् भने उमेशका वृद्ध आमावुवालाई हालसमाचार समेत सोध्न आएकी छैनन् । यता, सहयोग राशीहरु लिन मात्र उनका श्रीमति झगडा गर्न गाउँ आउने गरेको तथा उनका आमावुवाबाट सहयोग रकमहरु खोसेर लगेको गुनासो उनका आमावुवाले गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…