खतरामा प्रदेश २ मा राउत नेतृत्वको सरकार, समर्थन फिर्ता
न्यूज ब्यूरो | जनकपुरधाम, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले प्रदेश २ का सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार खतरामा परेको छ । आईतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश २ का एमालेबाट संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकारको समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री राउत

२०७५ जेठ १३ आइतबार, दिउँसो ४:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले प्रदेश २ का सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार खतरामा परेको छ ।
आईतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश २ का एमालेबाट संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकारको समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री राउतको कुर्शी खतरामा परेको हो ।
तत्कालिन एमाले र माओवादी केन्द्रको सँयुक्त समर्थनमा गत वर्ष फागुन ३ गतेमा मात्र फोरम राजपाको सँयुक्त सरकार गठन भएको थियो ।
यता, प्रदेश सभा बैठकमै सँसदीय दलका नेता रामचन्द्र मण्डलले समेत वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक घोषणा गरेपछि वर्तमान सरकार ढल्ने तगारमा पुगेको देखिएको छ ।
यता, नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे भने लिखित रुपमा दर्ता गराइएको छैन भने प्रदेश सभा बैठक केही बेरको लागि स्थगित समेत गरिएको छ ।
गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा देखि विवादमा रहेका प्रदेश सरकार अहिले आएर झन पेचिलो र विवादयुक्त भएको छ ।
मुख्यमन्त्री मो. लालबाबु राउतले दिएको अभिव्यक्तिका कारण केन्द्र सरकारले प्रदेश २ का सरकारलाई दबाब सृजना गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…