धनुषाबाट सावा लाखको खैनी बरामद
मँगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको गस्ती टोलीले धनुषाको मुखियापट्टि मुसरनीया गाउँपालिका वडा नं. ६ बहेडाबोस्थितबाट १ लाख २४ हजार मूल्य बराबरको अवैद्य सूर्ति बरामद गरेको हो ।

२०८० साउन ३१ बुधबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले धनुषाबाट करिब सावा लाख रुपैयाँ मूल्य बराबरको अवैद्य सूर्ति (खैनी) बरामद गरेको छ ।
मँगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको गस्ती टोलीले धनुषाको मुखियापट्टि मुसरनीया गाउँपालिका वडा नं. ६ बहेडाबोस्थितबाट १ लाख २४ हजार मूल्य बराबरको अवैद्य सूर्ति बरामद गरेको हो ।
भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सो रकम बराबरको सूर्ति बरामद गरी कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…