जानकी मन्दिरबाट युवाहरुले च्यातेर फाले मुख्यमन्त्रीको पोष्टर
जानकी मन्दिर जस्तो धरोहर धार्मिक स्थलको परिसरभित्र लगाईएको गैर धार्मिक पोष्टरहरु हटाउनको लागि पटक पटक सरोकारबाला लगायत मुख्यमंत्री, सिडियो, नगर प्रमुखसँग आग्रह गरेपनि बेवास्ता गरेपछि युवाहरुको एक समूहले पोष्टर च्यातेको हो ।

२०८० साउन ३० मंगलबार, दिउँसो १:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिरमा लगाईएको गैर–धार्मिक पोष्टर पम्पलेटहरु जनकपुरका युवाहरुले च्यातेर फालिदिएका छन् ।
मँगलबार बिहान मासका सँयोजक सरोज मिश्रको अगुवाईमा जानकी मन्दिर परिसरभित्र टाँसिएको विभिन्न प्रचार प्रसारका पोष्टर पम्पलेटहरु उखालेर फालिदिएको हो ।
मन्दिर परिसर भित्र लगाइएको मुख्यमन्त्रीको सन्देश र अन्य कम्पनीको प्रचार प्रसारको पोष्टहरु च्यातेर फालिदिएको हो ।
जानकी मन्दिर जस्तो धरोहर धार्मिक स्थलको परिसरभित्र लगाईएको गैर धार्मिक पोष्टरहरु हटाउनको लागि पटक पटक सरोकारबाला लगायत मुख्यमंत्री, सिडियो, नगर प्रमुखसँग आग्रह गरेपनि बेवास्ता गरेपछि युवाहरुको एक समूहले पोष्टर च्यातेको हो ।
आगामी दिन जानकी मन्दिर परिसरमा धार्मिक तथा परिक्रमाको विशेषता सहितको पोस्टर मात्र लगाउने योजना रहेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…