ब्रेक शुबाट सुन छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम मापन
न्यूज ब्यूरो, काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको ‘ब्रेक शु’ पगाल्दा पहिलो चरणमा सुनको मात्रा ६० केजी ७७९ ग्राममात्रै भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक शुको सुन पगालेको थियो । सुनको यथार्थ परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन । टक्सार विभागका प्रम

२०८० साउन २९ सोमबार, राति १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको ‘ब्रेक शु’ पगाल्दा पहिलो चरणमा सुनको मात्रा ६० केजी ७७९ ग्राममात्रै भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक शुको सुन पगालेको थियो । सुनको यथार्थ परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।
टक्सार विभागका प्रमुख थानेश्वर आचार्यले आज ब्रेक शु पगाल्दा ६० केजी ७७९ ग्राम सुन निक्लिएको बताए ।
उनले नेपालप्रेससँग भने, ‘आज ६० केजी ७७९ ग्राम रहेको भेटिएको छ । तर, यो सुन कालो छ । भोलि पुनः पगालेपछि मात्रै यसको तौल एकिन गर्न सकिन्छ ।’
सुनको यथार्थ परिमाण निकाल्न भोलि पुनः पगाल्नुपर्ने उनको भनाइ छ ।
विभागले गत असार २९ गते सिनामंगलबाट सुन समातेको थियो । १६० वटा ब्रेक शु बरामद भएकोमा त्यसभित्र लुकाएर सुनको तस्करी गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…