धनुषामा कटुवा पेस्तोल सहित एक पक्राउ
न्यूज ब्यूरो | जनकपुरधाम, ११ जेठ । जिल्ला प्रहरी कार्यालय धनुषाले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । विहिबार राती करिब ९ बजेको समयमा धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर स्थितबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ९ बस्ने वर्ष १७ का अमरेश याद

२०७५ जेठ ११ शुक्रबार, बेलुकी ५:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ११ जेठ । जिल्ला प्रहरी कार्यालय धनुषाले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।
विहिबार राती करिब ९ बजेको समयमा धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर स्थितबाट एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ९ बस्ने वर्ष १७ का अमरेश यादव रहेको छ ।

अबैद्य हातहतियार ल्याउँदै गरेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको क्राईम ब्रान्चको टोलीले चेकजाँच गर्दा १ थान कटुवा पेस्तोल सहित यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई शुक्रवार धनुषा जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्दा अन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका यादवको साथबाट थपमा मोबाईल १ थान र सिमकार्ड एक थान समेत बरामद गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…