सिरहाः एक महिनामा झण्डै एक करोडको अवैद्य समान भन्सारमा 

२०८० श्रावण २२ सोमबार
बिहान १०:२२ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले एक महिनाभरिमा झण्डै १ करोड मूल्य बराबरको अवैद्य समान मात्र पक्राउ गरेको तथ्याँक सार्वजनिक गरिएको छ । 

सिरहा जिल्लाको विभिन्न नाकाबाट महिनामा झण्डै एक करोडको अवैद्य समान पक्राउ गरी भन्सार बुझाएको हो । सशस्त्र प्रहरी बल सिरहाले सो समान जिल्लाको विभिन्न स्थानबाट बरामद गरी भन्सार बुझाएको तथ्याँक सार्वजनिक गरेको हो । 

सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद भारतीको विशेष अपरेशन र गोप्य सूचनाको आधारमा सो मूल्य बराबरको समान बरामद गरी भन्सार बुझाएको हो । 

साउन महिनामा सोमबारसम्म लत्ताकपडाको लागि रु. ७,२०,६६०, खाद्यान्नमा १० लाख ३१ हजार ८१९ रुपैयाँ, पशु चौपयामा ५ लाख ५१ हजार, सवारी साधानमा ५० लाख ७६ हजार, औषधीमा ३ लाख ६ हजार १०३ रुपैयाँ, मोबाईल र ईलेक्ट्रोनिक्स समानमा ११ लाख ७४ हजार ९८० रुपैयाँ र काठको लागि ४ लाख ६३ हजार ७६० रुपैयाँ गरी कुल ९३ लाख ५४ हजार ३२२ रुपैयाँ मूल्य बराबरको समान बरामद गरेको हो । 

  • 99%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 1%

श्रीलँका १५ ओभरमै All Out भएपछि एसिया कपमाथि भारतको कब्जा

  • २०८० श्रावण २२ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८ औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको

पूरा पढ्नुहोस्

Bureau Menus