सिरहा सशस्त्र प्रहरीका एसपी भारतीको अपरेशन, ९ लाख बढीको अवैद्य समान पक्राउ
सशस्त्र प्रहरी बल सिरहाले सो स्थानबाट तीन वटा मोटरसाईकलसहित ९ लाख ४८ हजार मूल्य बराबरको समान बरामद गरेको हो । एसपी भारतीले गोप्य अपरेशन चलाउँदै गाउँस्तरबाट पक्राउ गर्न सफल भएको हो । प्रहरीलाई देख्ने वित्तिकै तस्करहरुले मोटरसाईकल र समान छाडी भागेको थियो । समानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिरहा पठाएको हो ।

२०८० साउन २० शनिबार, राति ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी बल सिरहाले ९ लाख मूल्य बराबरको अवैद्य समान बरामद गरी कारवाहीको लागि पठाएको छ ।
सशस्त्र प्रहरी बल सिरहाका प्रमुख (एसपी) प्रमोद कुमार भारतीको गोप्य अपरेशनपछि ९ लाख मूल्य बराबरको अवैद्य समान बरामद गर्न सफल भएको हो ।
शनिबार दिउँसो ३ः३० बजेको समयमा सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ३ मरिकटोलस्थित भारतबाट ल्याउँदै गरेको अन्दाजी ६ लाख ४८ हजार मूल्य बराबरको अवैद्य लत्ताकपडा, चप्पल लगायतको समानहरु बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सिरहाले सो स्थानबाट तीन वटा मोटरसाईकलसहित ९ लाख ४८ हजार मूल्य बराबरको समान बरामद गरेको हो । एसपी भारतीले गोप्य अपरेशन चलाउँदै गाउँस्तरबाट पक्राउ गर्न सफल भएको हो । प्रहरीलाई देख्ने वित्तिकै तस्करहरुले मोटरसाईकल र समान छाडी भागेको थियो । समानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिरहा पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…