यौनधन्दा बारे समाचार लेख्दा रँगीला होटेलका सँचालक लालाका छोराले दिए पत्रकारलाई धम्की
मँगलबार बिहान ११ः२२ बजेको समयमा लालाका छोरा अजय राउतले आफ्नो होटेलको बारेमा समाचार लेखेको भन्दै जनकपुरमा कहि कतै देखिएको खण्डमा मार्ने धम्की दिएको अडियो रेकर्ड प्रमाण सुरक्षित छ । पछाडी लाला राउतले समेत धाकधम्की स्वरमा गालीलगौज गरेको सुनिएको छ ।

२०८० साउन १८ बिहीबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको पीडारीचोकस्थित सँचालनमा रहेको रँगीला होटेल एण्ड लजमा यौनधन्दा चालिरहेको सम्बन्धमा समाचार लेख्दा पत्रकारलाई मार्ने धम्की दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया र पीडारीचोकको बीचमा सँचालनमा रहेको रँगीला होटेलको माथि राखिएको लजमा यौनधन्दा चलाएको जनगुनासोको समाचारलाई लिएर होटेलका सँचालक जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बलवा टोल बस्ने लाला भन्ने लालकिशोर राउत कुर्मीका छोरा अजय कुमार राउतले फोन मार्फत धम्की दिएका छन् ।
न्यूज ब्यूरोका पत्रकारलाई अजय राउतले ९८०१६७०२१६ नम्बरको मोबाईल नम्बरबाट फोन गरी फोन मार्फत नै धाकधम्की दिएको हो । उनले आफ्नो होटेलको बारेमा समाचार लेखेको भन्दै जनकपुरमा कहि कतै भेटाए मार्ने धम्की दिएका हुन् ।
मँगलबार बिहान ११ः२२ बजेको समयमा लालाका छोरा अजय राउतले आफ्नो होटेलको बारेमा समाचार लेखेको भन्दै जनकपुरमा कहि कतै देखिएको खण्डमा मार्ने धम्की दिएको अडियो रेकर्ड प्रमाण सुरक्षित छ । पछाडी लाला राउतले समेत धाकधम्की स्वरमा गालीलगौज गरेको सुनिएको छ ।
न्यूज ब्यूरोले केही दिन अगाडी जनकपुरः पीडारीचोकको रँगीला होटेलमा खानासँगै यौनधन्दा चलाएको आरोप, सँचालक भन्छन- 'झुठो आरोप' शिर्षको समाचार लेखेपछि उनले मार्ने धम्की दिएको हो । यद्यपी, समाचारमा होटेल सँचालक पक्षको समेत धारणा समेटिए पनि उनले समाचार लेखेको भन्दै मार्ने धम्की दिएको हो । समाचारमा आपत्ति हुँदा खण्डन गर्ने, सम्बन्धित निकायमा उजुरी गर्ने बाटो हुँदाहुँदै राउतले धाकधम्की फोन मार्फत दिएका छन् । (सबै अडियो रेकर्ड सुरक्षित छ)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…