जनकपुरः पीडारीचोकको रँगीला होटेलमा खानासँगै यौनधन्दा चलाएको आरोप, सँचालक भन्छन- 'झुठो आरोप'

२०८० श्रावण १३ शनिबार
रति ८:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरको पीडारीचोकस्थित रहेको रँगीला होटेलमा खाना र खाजासँगै यौन धन्दा समेत चलाईएको स्थानीयहरुले गुनासो गरेका छन् । 

पीडारीचोक–मुजेलिया सडकखण्डमा सँचालनमा रहेको रँगीला होटेलमा खाजा र खानासँगै माथिल्लो तल्लामा यौनधन्दा समेत चलाईरहेको गुनासो गरिएको छ । महिला, युवतिहरुलाई राखेर यौनधन्दा सँचालन गर्दै आएको रँगीला होटेलमा अवैद्य जोडीहरुलाई समेत पनाह दिने गरेको प्रत्यदर्शीहरुले लगाएका छन् । 

रँगीला होटेलको दुई कोठामा रेष्टुरेन्ट सँचालन गरिएको छ भने एउटा कोठा र माथिल्लो कोठामा यौनधन्दा सँचालन गरिरहेको नाम नखोल्ने शर्तमा एक ग्राहकले बताए । होटेलमा खाना, खाजा देखाएर भित्र यौनधन्दा सँचालन गरिरहेको गुनासो केही स्थानीयहरुले पनि गरेका छन् । 

प्रत्यदर्शीहरुका अनुसार, माथिल्लो तल्लामा लगेर यौनजन्य गतिविधि गर्न महिलाहरु घरभित्रै राख्ने गरिएको छ । बाहिरबाट खाना खान जाने ग्राहकले चासो र ईच्छा राखेपछि उनीहरुलाई ३ हजारदेखि ५ हजारसम्म लिएर यस्तो क्रियाकलाप गरिरहेको आरोप लगाईएको छ । 

यता, होटल सँचालकले आफ्नो होटेलमा यस्तो केही पनि हुने नगरेको दाबी गरेका छन् । उनले रँगीला होटेल खाना र खाजाको लागि प्रसिद्ध रहेको बेला यहीका केही व्यावसायीहरुले व्यक्तिगत रिसबी साध्न गलत आरोप लगाएको बताएका छन् । 

सँचालकमध्येका अजय कुमार राउतले आफ्नो होटेलप्रति लगाएको आरोप सरासर गलत गरेको भन्दै आरोपलाई खण्डन गरे । न्यूज ब्यूरोसँगको कुराकानीमा राउतले केही व्यक्तिहरु व्यक्तिगत रिसबी साध्नकै लागि यस्तो मिथ्या आरोप लगाएको बताए । उनले भने,–“पीडारीचोकमा रँगीला होटेलको आफ्नो नाम छ, यस्तो कुनै क्रियाकलाप यहाँ हुँदैन, आरोप सरासर गलत हो । जनकपुर जस्तो क्षेत्रमा हामी यस्तो काम गर्न मनले पनि मान्दैन र कोही आएर हेरेपनि त्यस्तो केही रहेनछ ।”

सोही क्रममा पिडारीचोकस्थित रहेको सनराईज होटेलका सँचालक सँजय कुमार यादवले समेत आफ्नो होटेल शुद्ध शाकाहारी खुवाएको र लज समेत सँचालन गरेको बताए । उनले होटेल व्यावसायीहरुमै अधिक चल्न थालेपछि जलन गर्नेहरु गलत आरोप लगाउँदै आएको बताए । उनले आफ्नो होटेलमा विभिन्न ठाउँबाट परिवारिक सदस्यहरु खाना खान आउने गरेको बताए । 

  • 0%
  • 33%
  • 7%
  • 11%
  • 0%
  • 22%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८० श्रावण १३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus