साउदीबाट जनकपुर आएका यी युवक विगत १ बर्षदेखि जनकपुरबाटै बेपत्ता
साउदी अरेबियाबाट कमाएर घर फर्किन क्रममा गत बर्षको असोज ३० गते जनकपुर पुगेका राईन जनकपुरबाटै बेपत्ता भएका छन् । गत असोजदेखि नै सम्पर्कविहिन भएका राईन अहिलेसम्म परिवाजनको सम्पर्कमा नआएको उनका जेठा दाईले गुनासो गरेका छन् ।

२०८० साउन १६ मंगलबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीबाट घर फर्किने क्रममा जनकपुरबाटै एक युवक विगत १ बर्षदेखि नै बेपत्ता रहेको गुनासो गरिएको छ ।
धनुषा जिल्लाको औरही गाउँपालिका वडा नं. १ झिटकहिया बस्ने महिद कवारीको अन्दाजी बर्ष ३० को छोरा काजिर राईन विगत एक बर्षदेखि नै बेपत्ता र सम्पर्कविहिन भएको परिवारजनले पीडा पोखेका छन् ।
साउदी अरेबियाबाट कमाएर घर फर्किन क्रममा गत बर्षको असोज ३० गते जनकपुर पुगेका राईन जनकपुरबाटै बेपत्ता भएका छन् । गत असोजदेखि नै सम्पर्कविहिन भएका राईन अहिलेसम्म परिवाजनको सम्पर्कमा नआएको उनका जेठा दाईले गुनासो गरेका छन् ।
उनले जनकपुर क्षेत्रमा कहि कतै देखिएको खण्डमा नेपाली मोबाईल नम्बर 9800880301 मा सम्पर्क गर्न सम्पूर्णमा अनुरोध गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…