पूर्वमन्त्री विजय कुमार यादवले गरे निर्वाचन खर्च सार्वजनिक
निर्वाचन आयोगमा गत बर्षको मँसिर ६ गते नै बुझाएको निर्वाचन खर्च विवरणमा यादवले कुल ११ लाख ४८ हजार ८०० रुपैयाँ को विवरण बुझाएका हुन् । जसमा मतदाता नमावली खरिदको लागि १ हजार ५ सय रुपैयाँ खर्च देखाएका छन् ।

२०८० साउन १४ आइतबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले अनिवार्य गरेको निर्वाचन खर्च विवरणको लागि मधेश प्रदेशका पूर्वमन्त्री एवम् सिरहा निर्वाचन क्षेत्र नं. २ (क) का प्रत्यासी उम्मेदवार विजय कुमार यादवले निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगमा गत बर्षको मँसिर ६ गते नै बुझाएको निर्वाचन खर्च विवरणमा यादवले कुल ११ लाख ४८ हजार ८०० रुपैयाँ को विवरण बुझाएका हुन् । जसमा मतदाता नमावली खरिदको लागि १ हजार ५ सय रुपैयाँ खर्च सार्वजनिक गरेका छन् ।
यस्तै, गाडी परिचालनको लागि ४ लाख १० हजार, प्रचार प्रसारको लागि ३ लाख १० हजार ३ सय रुपैयाँ र प्रतिनीधि परिचालन खाजा खानामा ३ लाख ८० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरिएको हो ।
निर्वाचन आयोगमा समयमै निर्वाचन खर्च विवरण बुझाएपनि भुलवंश १५ हजारको जरिवान लिस्टमा देखाएपछि यादवले सो खर्च विवरण सार्वजनिक गरेका हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…