सर्लाहीको गोडैतामा सिडिओसहित सुरक्षा निकायको अनुगमन, अवस्था समान्य हुँदै
हिन्दु अगुवाहरुले प्रहरीले एकपक्षीय हुँदा विवाद उत्पन्न भएको बताएका छन । सहमती अनुसार दाहा राखेकै ठाउँबाट फिर्ता हुनुपर्ने भएपनि प्रहरीले नै सहमती विपरीत दाहा मनाउन बजारमा पस्न दिएको र हिन्दु युवाहरुले पस्न रोक लगाएपछि प्रहरीले हिन्दु युवाहरूमाथी अन्धाधुन्ध लाठी चार्ज गरेपछि ढुङ्गा हान्न बाध्य भएको उनीहरुको भनाई छ ।

२०८० साउन १४ आइतबार, बेलुकी ७:३४ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकास्थित शनिबार मोहरम पर्व मनाउने क्रममा भएको दुई पक्षबीचको तनावपछि सुरक्षा निकायका अधिकारीहरुले अनुमगन गरेका छन् ।
आईतबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव सहितको सुरक्षा निकायका प्रमुखहरू गोडैता बजारको स्थलगत अनुगमन गरेको छ ।
आईतबार यादवको नेतुत्वमा जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी १० नं. गणका प्रमुख तुल बहादुर भण्डारी, नेपाली सेना भैरवी दलका प्रमुख सेनानी अभिषेक कार्की लगायत निर्वाचित जनप्रतिनिधि सहितको टोलिले मुस्लिम र हिन्दु अगुवाहरूसंग कुराकानी गरेका हुन ।
घटना कसरी, बजारको अवस्था र शान्ति सुरक्षा विषयमा समेत प्रमुख जिल्ला अधिकारी सहितको टोलिले जानकारी लिएका छन ।
प्रजिअ यादवले बजारका सबै पसलहरु खोल्न समेत स्थानीयवासीहरुलाई आग्रह गरेका छन । उहाँले भने । तपाईं ठुक्क भएर पसल खोल्नुस शान्ति सुरक्षाका पुर्ण जिम्मेवारी हाम्रो हो ।
हामीले बजारमा सिभिलमा समेत प्रहरी परिचालन गरेका छौं । सम्प्रदायिक हिंसा भडकाउन खोज्ने गतिविधिमा सलग्न रहेको पाईएमा जोसुकैलाई पक्राउ गरिने कडा निर्देशन समेत दिएका छन ।
गोडैता नगरपालिकाका उपप्रमुख सचिवालयका प्रतिनिधि बेचन महतो, वार्ड न। ७ का वडाअध्यक्ष बिनेश कुमार दास र वडा नं. ८ का वडाअध्यक्ष मिरेन्द्र कुमार झा उर्फ भगलु लगायत स्थानीय राजनीतिक अगुवा समेत अनुगमन टोलिमा सहभागी रहेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…