सर्लाहीः मोरहम मनाउने क्रममा हिन्दु समुदायलाई जिस्काएपछि चल्यो गोली, अवस्था तनावग्रस्त
प्रहरीद्वारा दुवैपक्षलाई अनावश्यक लाठीचार्ज गरिएको फोन समेत प्राप्त भएको छ, उनले भने । जिल्लाका सुरक्षा निकायका प्रमुखसंग बजारमा शान्ति सुरक्षा कायम गर्न र स्थितिलाई सामान्य बनाउन कुराकानी भइरहेको छ, उनले भने ।

२०८० साउन १३ शनिबार, राति १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको गोडैता बजारमा मुस्लिमहरुले महोरम पर्व मनाउने क्रममा विवाद उत्पन्न भएको छ । मुस्लिम युवाहरु डिजे बाजामा चर्को स्वरमा शायरी बोल्दै बजार परिक्रमा गर्न खोज्दा विवाद उत्पन्न भएको हो ।
शनिबार बजारको दिन तरकारी बजार सहित गोडैतामा विशेष चहलपहल हुने हुँदा मुस्लिमहरुले सहमती विपरीत बजार परिक्रमा गर्न खोज्दा हिन्दुहरुले रोक लगाएपछि विवाद उत्पन्न भएको प्रत्यक्षदर्शी अशोक मिश्रले बताए । मुस्लिमहरुले पर्वको नाममा नयाँ तरबार सहित शक्ति प्रदशन गरेको गरी हिन्दुहरुलाई तर्साउने खोजेको उनीहरुको आरोप छ ।
यता, प्रहरीले साँझतर्फ हिन्दू युवाहरू माथी लाठी चार्ज गरेपछि झडप सुरु भएको एक पसल सँचालकले बताए । सुरक्षाकर्मीले महिला बालबालिका र निजि घर केही नदेखी अन्धाधुन्ध आँसु ग्यास प्रहार गरेको र आफनो घरमा रहेका मानिसहरुलाई समेत पक्राउ गरी लाठीचार्ज तथा कुटपिट गरेको उनिहरुको भनाई छ । प्रहरीको गोलि लागि एक जना घाइते समेत भएको जानकारी प्राप्त भएको छ ।
विवादलाई नियन्त्रण गर्न गोडैता बजारमा भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए । अहिले बजारको अवस्था सामान्य रहेका छन, उनले भने ।
गोलि लागेको घटना बारे आफु समेत अनविज्ञ रहेको उनको भनाई छ । प्रदेश सासद फकिरा महतोले बजारमा कुनै अप्रीय घटना हुन नदिन सुरक्षाकर्मी र स्थानीयसंग निरन्तर सम्पर्क रहेको बताए ।
प्रहरीद्वारा दुवैपक्षलाई अनावश्यक लाठीचार्ज गरिएको फोन समेत प्राप्त भएको छ, उनले भने । जिल्लाका सुरक्षा निकायका प्रमुखसंग बजारमा शान्ति सुरक्षा कायम गर्न र स्थितिलाई सामान्य बनाउन कुराकानी भइरहेको छ, उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…