सिरहाको कुशहा लक्ष्मीनियाँमा ३ दिनदेखि बत्ति गुल, अँध्यारोमा जनता, पीडामा किसान
विद्युत प्राधिकरणको लहान शाखामा सयौँ पटक ट्रान्सफर्मरको लागि फोन, ध्यानाकर्षण गराएपनि शाखाले चासो नलिएको गुनासो गरिएको छ । प्रचण्ड गर्मीमा समेत बिजुली नहुँदा कष्टकर जिवन जिउन बाध्य भएका लक्ष्मीपुर बासिन्दाहरुले खेतीपाती समेत गर्न कठिनाई भएको छ ।

२०८० साउन १२ शुक्रबार, बेलुकी ५:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ३ को कुशहा लक्ष्मीनियाँमा विगत तीनदिनदेखि ट्रान्सफर्मर जल्दा अँध्यारो भएको छ ।
किसानहरुले खेतमा मोटर सिँचाई थालेपछि लोड थाम्न नसकेर सुखियपुर नपा ३ कुशहा लक्ष्मीनियाँको ट्रान्सफर्मर जलेपछि त्यहाँका बासिन्दा विगत तिनदिन देखि अन्धकारमा जिउन बाध्य भएका छन् ।
आकाशे पानी नहुँदा बोरिँगबाटै सिँचाईको विकल्प भएको त्यहाँका किसानहरु अधिक समस्यामा परेका छन् । बिजुली नहुँदा उनीहरुले सिचाईको अभावमा खेतपाती समेत गर्न पाएका छैनन् ।
यसको लागि सुखिपुर नगरपालिकाले समेत लहान ग्रीडलाई पत्राचार गर्दै यथाशिघ्र ट्रान्सफर्मर जडान गरिदिन आग्रह गरेपनि विद्युत फ्यूज शाखा लहानले खासै चासो देखाएका छैनन् । नगरपालिकाले दर्ता गराएको पत्रमा ईन्जिनीयरलाई सम्बोधन गरी तोक लगाएपनि ईन्जिनीयरले ट्रान्सफर्मरको लागि कुनै चासो नलिएको आरोप स्थानीय गुमस्ता कुमार यादवले लगाएका छन् ।
विद्युत प्राधिकरणको लहान शाखामा सयौँ पटक ट्रान्सफर्मरको लागि फोन, ध्यानाकर्षण गराएपनि शाखाले चासो नलिएको गुनासो गरिएको छ । प्रचण्ड गर्मीमा समेत बिजुली नहुँदा कष्टकर जिवन जिउन बाध्य भएका लक्ष्मीपुर बासिन्दाहरुले खेतीपाती समेत गर्न कठिनाई भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…