सप्तरीमा ग्याँग फाईट हुँदा एक युवकको मृत्यू, एक शख्त घाईते
उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।

२०८० साउन १२ शुक्रबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । मधेश प्रदेशको सप्तरी जिल्लास्थित दुई पक्षबीच ग्याँगफाईट हुँदा एक युवकको मृत्यू भएको भने एक शख्त घाईते अवस्थामा फेला परेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको ग्याँगफाईटमा हत्या भएको बताईएको छ । उनको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको हो ।
उनका साथै, अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भने ।
उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…