मधेश सरकारले पुनः बढायो सवारी कर, मोटरसाईकलको कर वार्षिक २० हजारसम्म लाग्ने
मोटरसाईकलको लागि १२५ सिसिसम्म रु. ३,०००, त्योभन्दामाथि देखि १६० सिसिसम्म ५,००० रुपैयाँ, २५० सिसिसम्म ६,५०० रुपैयाँ, ४०० सिसिसम्म ११,००० रुपैयाँ र सोभन्दा माथिको सिसिमा एकमुष्ठ २०,००० रुपैयाँ कर तोकिएको हो । यो कर वार्षिक रुपमा लाग्ने कर भनिएको छ ।

२०८० साउन २ मंगलबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले सवारी करमा वृद्धि गरेको छ । सवारी साधनहरुको करमा गत बर्षमात्र वृद्धि गरेको सरकारले पुनः करमा वृद्धि गरेको हो ।
अब कार, जीप, भ्यान र माईक्रोबसको वार्षिक कर २२ हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म कर तोकिएको छ । जसमा १००० सिसिसम्म २२ हजार रुपैयाँ, १५०० सिसिसम्म २५ हजार, २००० सिसिसम्म २७ हजार, २५०० सिसिसम्म ३७ हजार, २९०० सिसिसम्म ५० हजार र २९०१ सिसिभन्दा माथिको सबैमा एकमुष्ठ ६० हजार रुपैयाँ कर तोकिएको हो ।
मोटरसाईकलको लागि १२५ सिसिसम्म रु. ३,०००, त्योभन्दामाथि देखि १६० सिसिसम्म ५,००० रुपैयाँ, २५० सिसिसम्म ६,५०० रुपैयाँ, ४०० सिसिसम्म ११,००० रुपैयाँ र सोभन्दा माथिको सिसिमा एकमुष्ठ २०,००० रुपैयाँ कर तोकिएको हो । यो कर वार्षिक रुपमा लाग्ने कर भनिएको छ ।
करको दायरा हेर्नुहोस् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…