खेत जोत्ने क्रममा वडाध्यक्षको ट्रयाक्टरमा किचिएर एक जनाको मृत्यू
वडाध्यक्ष मियाँको खेत जोतेर फर्किने क्रममा मूल सडकमा उकाल्न खोज्दा ब्रेक थिचिएर ट्रयाक्टर पल्टेको स्थानीय प्रत्यदर्शीहरुले जनाएका छन् । मृत्यू हुने मजदुर वडा नं. ९ नरहाका बासिन्दा हुन् । उनी वडाध्यक्षको खेतमा काम गर्दै आएका थिए । ट्रयाक्टर वडाध्यक्षकै रहेको प्रहरीले जनाएको छ ।

२०८० साउन १ सोमबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा खेत जोत्दै गर्दा एक जना पुरुषको मृत्यू भएको छ । ट्रयाक्टर लिएर खेत जोत्ने क्रममा पल्टेर घटनास्थलमै मृत्यू भएको हो ।
मृत्यू हुनेमा धनुषा जिल्लाको कमला नरपालिका वडा नं. ९ नरहाटोल बस्ने अन्दाजी बर्ष ४५ का रोजित राईन भन्ने रोजाई कवारी रहेको छ ।
आईतबार दिउँसो २ः२५ बजेको समयमा कमला नगरपालिका वडा नं. ६ सखुवा मडानस्थित वडा नं. ६ का वडाध्यक्ष मो. समसुल मियाँको खेत जोतेर फर्किने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
वडाध्यक्ष मियाँको खेत जोतेर फर्किने क्रममा मूल सडकमा उकाल्न खोज्दा ब्रेक थिचिएर ट्रयाक्टर पल्टेको स्थानीय प्रत्यदर्शीहरुले जनाएका छन् । मृत्यू हुने मजदुर वडा नं. ९ नरहाका बासिन्दा हुन् । उनी वडाध्यक्षको खेतमा काम गर्दै आएका थिए । ट्रयाक्टर वडाध्यक्षकै रहेको प्रहरीले जनाएको छ ।
ज १ त ७८१४ नम्बरको ट्रयाक्टर खेतबाट माथि बाटोमा उम्काउन खोज्दा च्यापिएर मृत्यु भएको जनाईएको छ । अहिले ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने कानुनी प्रक्रिया अगाडी बढाईएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…