मुख्यमन्त्री राउतसँग कबिर जन्मोत्सवमा सार्वजनिक विदाको माग
न्यूज ब्यूरो | जनकपुरधाम, ९ जेठ । सन्त कबीरका अनुयायी साधुशन्तले कबीरको जन्मदिवसमा प्रदेशमा सार्वजनिक विदाको माग गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । सन्त कबीर मात्र हिन्दु र मुसलिम दुई समुदायको बिचमा उभेर मानवताको ठुलो गाथा गाउँने विश्वकै एक मात्र धर्म गुरु भ

२०७५ जेठ ९ बुधबार, राति ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ९ जेठ । सन्त कबीरका अनुयायी साधुशन्तले कबीरको जन्मदिवसमा प्रदेशमा सार्वजनिक विदाको माग गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।
सन्त कबीर मात्र हिन्दु र मुसलिम दुई समुदायको बिचमा उभेर मानवताको ठुलो गाथा गाउँने विश्वकै एक मात्र धर्म गुरु भएकाले कबीरको जयन्तीमा प्रदेश २ मा सार्वजनिक विदा घोषणा गर्न साधुशन्तले माग गरेका हुन् ।
सन्त कबीरका अनुयायी संस्था कबीरपथ धनुषा, सत्य कबीर वचन वंशीय सेवा समिति धनुषा, सद्गुरु कबीर धर्म संस्था लगायको संस्थाहरु संयुक्त रुपमा मंगलबार मुख्यमन्त्री कार्यालयमा पुगि मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।
कबीरपथ धनुषाका अध्यक्ष सत्यनारायण आलोकको नेतृत्वमा शाधुशन्तले ज्ञापन पत्र बुझाउँदै जेठ पूर्णिमा अर्थात असार १४ गते सन्त कबीरको जन्म दिन परेकाले उक्त दिन प्रदेश नं। २ मा सार्वजनिक विदा घोषणा गर्न माग गरेका हुन् ।
विभिन्न लेख रचना कृति मार्फत समाजभित्रको विकृति हटाई विश्वबन्धुत्वको भावनालाई उजार गर्ने सन्त कबीरको जन्मजयन्तीलाई अन्य धर्मावलम्बीहरुको चाडपर्व जस्तै प्रदेश सरकारद्वारा सार्वजनिक विदा घोषणा गरी सम्मान गर्न आग्रह साधुशन्तले गरेका छन् ।
सन्त कविरको जन्म वि.स.१४५५ मा भारतको काशीनगरको लहर तलाबमा जेष्ठ पूर्णिमाको दिन भएको थियो । सन्त कबीर भारतमै जन्मे पनि उनको दिएको उपदेश नेपाल,भारत,पाकिस्तान, मालदिभ्स, अमेरिका तथा अरु धेरै राष्ट्रहरुमा भएको र प्रदेश नं. २ मा समेत लाखौं कबीरका अनुयायीहरु रहेकाले उनको जन्म जयन्तीमा सार्वजनकि विदा घोषणा गरी सबैको भावनालाई कदर गरिदिन साधुशन्तले मुख्यमन्त्री राउतलाई आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…