ग्राभेल माफियाहरु नै ग्रोभल उत्खनन अनुगमनमा, वडाध्यक्ष अन्सारीले असुले करोडौँ
तस्विरमा देखिएका एक–एक अधिकारी, पदाधिकारी र जनप्रतिनीधिहरु ग्राभेल माफिया दिपेन्द्र यादव र राम बाबु यादवले सो ग्राभेल उत्खनन गर्दै आएका थिए । जसको लागि वडाध्यक्ष रुस्तम अन्सारी र गाउँपालिका अध्यक्ष रामप्रमोद यादव (डम्बर) यादवले हरि झण्डी दिएका थिए । स्थानीय सरकार अन्तर्गत पर्ने सो क्षेत्रमा दिनरात ग्राभेल उत्खनन हुँदा पनि आफू बेखवर रहेको बताउँदै आएका गाँपा अध्यक्ष यादव र वडाध्यक्ष अन्सारीले फ्रि को ग्राभेल लिएर करोडौँको बजेट झवाम्म पारेका हुन् ।

२०८० असार ३० शनिबार, दिउँसो ४:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । तस्विरमा देखिएका विभिन्न पात्रहरु उही हुन जसको ग्राभेल माफियासँग सीधा सम्पर्क रही अवैद्य उत्खनन गराउँदै आएर अहिले अनुगमनको नौटँकी प्रदर्शन गरिरहेको छ ।
“आफैँ धामी, आफैँ झाक्री” भन्ने उखान सिरहाको नरहा गाउँपालिकाका गाउँपालिका अध्यक्ष र वडा नं.३ का वडाध्यक्षमाथि पूर्णतः लागू हुन्छ । नरहा गाउँपालिका वडा नं. ३ नयाँ चोहर्बास्थित बर्षैभरि अवैद्य उत्खनन गराई ग्राभेल लिएका गाउँपालिका अध्यक्ष डमर यादव र वडा नं. ३ का वडाध्यक्ष रुस्तम अन्सारीले असार सकिएपछि देखावटी अनुगमन गरेका छन् ।

नरहा गाउँपालिकाभित्र पर्ने सो उत्खनन स्थलमा ग्राभेल माफियाहरुले कानुन विपरित जमिनमुनीसम्म उत्खनन गरी ग्राभेल उठाएका छन् । सो ग्राभेल गाउँपालिका अध्यक्ष डमर यादव र वडाध्यक्ष रुस्तम अन्सारीले करोडौँ रुपैयाँ लिएर बेचेका छन् । यति मात्र होईनन, वडाध्यक्ष रुस्तम अन्सारीले सोही ठाउँबाट अवैद्य उत्खनन गराई आफ्नो वडाको विभिन्न ठाउँमा ग्राभेल मिलाएका छन् , जसवापत ठेकेदारसँग उनले उठाउने असुलीमा कटौति गराएको बुझिएको छ ।

अन्तिम असारसम्म ग्राभेल खनाएर काम गराउँदै आएका गाउँपालिका अध्यक्ष डमर यादव र वडाध्यक्ष रुस्तम अन्सारीले जनता पत्याउन अनुमगनको नौटँकी गरेपछि चारैतर्फबाट आलोचना भएको छ । आफैँ रातभरि जागेर उत्खनन गराएका वडाध्यक्ष अन्सारीले अनुगमनको ढोँग गरेपछि स्थानीयहरुले समाजिक सँजालमै आलोचना गरेको देखिएको छ ।
वडाध्यक्ष अन्सारीले बर्षैभरि आफ्ना एक जना मान्छे लगाएर रातराती अवैद्य ग्राभेल उत्खनन गराउँदै आएका थिए । नयाँ चोहर्बास्थित विभिन्न ठाउँमा भएको उत्खनन अवैद्य रहेको पुष्टि गरेकी जिल्ला समन्वय समितिकी प्रशासकीय अधिकृत द्रोपति यादव पनि सँगै देखिइन् । त्यति मात्र होइनन, ग्राभेल उत्खनन गरी अन्य जिल्ला समेत पठाउन लगाईत करोडौँको ग्रोभल उत्खनन गराएका जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो समेत सोही अनुगमनको तस्विरमा देखिएका छन् ।

तस्विरमा देखिएका एक–एक अधिकारी, पदाधिकारी र जनप्रतिनीधिहरु ग्राभेल माफिया दिपेन्द्र यादव र राम बाबु यादवले सो ग्राभेल उत्खनन गर्दै आएका थिए । जसको लागि वडाध्यक्ष रुस्तम अन्सारी र गाउँपालिका अध्यक्ष रामप्रमोद यादव (डमर) यादवले हरि झण्डी दिएका थिए । स्थानीय सरकार अन्तर्गत पर्ने सो क्षेत्रमा दिनरात ग्राभेल उत्खनन हुँदा पनि आफू बेखवर रहेको बताउँदै आएका गाँपा अध्यक्ष यादव र वडाध्यक्ष अन्सारीले फ्रि को ग्राभेल लिएर करोडौँको बजेट झवाम्म पारेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…