खेतमा करेन्ट लागेर एक जनाको मृत्यू
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्ट नेतृत्वको टोलीले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाएको हो । तार ओछयाएर छाडने सत्यनारायण यादव भने फरार भएका छन् ।

२०८० असार २४ आइतबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बिहानै खेतमा सिँचाई गर्न गएको बेला करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयास्थित खेतमा सिँचाई गर्न गएको बेला बेबारिसे राखिएको नाँगो तारमा करेन्ट लागेर मृत्यू भएको हो ।
आईतबार बिहान ५ बजेको समयमा आफ्नै खेतमा धानको बीउमा पानी हाल्न गएको बेला स्थानीय सत्यनारायण यादव (सत्ते) ले ओछयाएको मोटरको तार हटाउन जाँदा कमला नपा २ माचि झिटकैया बस्ने बर्ष ५५ को सुर्यदेव ठाकुर बरही (सुरजा) लाई करेन्ट लागेर मृत्यू भएको हो । उनको घटनास्थलमै मृत्यू भएको हो ।
सत्यनारायण यादवले राती आफ्नै बोर्डिङगमा खेतमा सिँचाई गरी तार त्यतिकै छाडेर घर गएका थिए । मृतकको खेत भएर गएको तारमा कट (नाँगो) भएको ठाउँमा मृतक ठाकुरको जेठा छोराले छोएपछि उसलाई झटका दिएको थियो । झटकापछि सुर्यदेवले आफैँ तार हटाउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यू भएको हो ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्ट नेतृत्वको टोलीले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाएको हो । तार ओछयाएर छाडने सत्यनारायण यादव भने फरार भएका छन् ।
गरिबीको जीवन व्यतित गर्दै आएका ठाकुरको दुई छोरा र तीन छोरी छिन् । जेठा छोरा सुस्त मनस्थितिका हुन भने कान्छो कलिला उमेरका हुन् ।
गत बर्ष आजकै दिन सोही खेतमा सूर्यदेव पारालाईज भएका थिए । उनलाई टाउकोमा हेमब्रेज भएको थियो । केही बर्ष अगाडी सोही स्थानमा एक युवकलाई हात्तीले मारिदिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…