माओवादीबाट जितेका वडाध्यक्ष एमालेमा
पार्टीका केन्द्रीय सदस्य सन्जिव झा सुरज, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताहरुको उपस्थितिमा भएको पार्टी प्रवेश कार्यक्रममा कुसियैतसहित नेता बैधनाथ मण्डल, नेपाली काङ्ग्रेस वडा नं. ८ का नेता सुरेन्द्र लखन्दैय, तरुण दल पूर्व क्षेत्रीय सभापति नन्दकिशोर यादव, धनिकलाल कुसियत, ढोकन साफि, नेपाली काङ्ग्रेस वडा न।९ का पूर्व सभापति क्षेत्रीय सदस्य दिलिप भरखेर, वडा प्रत्यासी शम्भु गोहिवार, नेपाली काङ्ग्रेसवाट निर्वाचित पूर्व वडा सदस्य राजाराम बरही ऋषिनरायण सिंह, अजय श्रीवास्तव, ने.का.नगर सदस्य उपेन्द्र यादव ,वडा सचीव ओजिन्द्र कुसियत, नेकपा एस डुमरियाका नेता उपेन्द्र लखन्दय लगायतका सयौँ ने

२०८० असार १९ मंगलबार, राति ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका एक निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् ।
शहिदनगर नगरपालिका वडा नं. ८ स्थित आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं.८ का वडाध्यक्ष तनुकलाल कुसियैत यादवले एमाले प्रवेश गरेका हुन् । उनी अख्तियारका मुद्दामा हाल पदबाट निलम्बित छन् ।
एमालेका नेता पप्पु यादवको अध्यक्षता तथा एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्ष कुसियैतसहित सयौँ जना एमाले प्रवेश गरेका हुन् ।
धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रत्यासी प्रतिनीधिसभा सदस्य उमाशंकर अरगरियाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा माओवादी (केन्द्र) परित्याग गरी सयौँ जना एमालेमा प्रवेश गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य सन्जिव झा सुरज, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताहरुको उपस्थितिमा भएको पार्टी प्रवेश कार्यक्रममा कुसियैतसहित नेता बैधनाथ मण्डल, नेपाली काङ्ग्रेस वडा नं. ८ का नेता सुरेन्द्र लखन्दैय, तरुण दल पूर्व क्षेत्रीय सभापति नन्दकिशोर यादव, धनिकलाल कुसियत, ढोकन साफि, नेपाली काङ्ग्रेस वडा न।९ का पूर्व सभापति क्षेत्रीय सदस्य दिलिप भरखेर, वडा प्रत्यासी शम्भु गोहिवार, नेपाली काङ्ग्रेसवाट निर्वाचित पूर्व वडा सदस्य राजाराम बरही ऋषिनरायण सिंह, अजय श्रीवास्तव, ने.का.नगर सदस्य उपेन्द्र यादव ,वडा सचीव ओजिन्द्र कुसियत, नेकपा एस डुमरियाका नेता उपेन्द्र लखन्दय लगायतका सयौँ नेताकार्यकर्ता माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एस लगायतका पार्टी प्रत्याग गरि एमालेमा प्रवेश गरेका हुन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…