दर्जनौ पुल बिगारेका पप्पु कन्सट्रक्सनका मालिक बर्षौपछि पक्राउ
त्यस्तै उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए। बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो।

२०८० असार १५ शुक्रबार, राति ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। उनलाई प्रहरी कार्यालय नयाँ बानेश्वर वृत्तको टोलीले नियन्त्रणमा लिएको हो।
ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनायो। पूर्वसांसदसमेत रहेका उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका थिए।
त्यस्तै उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए। बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो।
बाँकेमा ठगी मुद्दा दर्ता भएकाले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएर उनलााई पक्राउ गरिएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…