जनकपुरमा आलु–प्याज आन्दोलन
आलु प्याजमा कर लगाए लगतै जनकपुरधामलगायत मधेश प्रदेशका व्यवसायीहरु आलु प्याजको आयात बन्द गरेका छन् । जसको प्रत्यक्ष प्रभाव यहाँका उपभोक्ताहरुमाथि परेको छ । आलु प्रतिकिलो ७० र प्याज ९० को करीब पुगेको छ ।

२०८० असार १४ बिहीबार, बिहान ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका व्यवसायीहरुले आलु,प्याज र फलफूलमा लगाइएको कर हटाउन माग गर्दै प्रदर्शन गरेका छन् ।
बुधबार जनकपुरधाममा उनीहरु प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकारले आलु,प्याज र फलफूलमा १३ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । सोही कर खारेजका लागि आलु,प्याज व्यवसायीहरुले बुधबार प्रदर्शन गरेका छन् ।
व्यवसायीहरु सरकारविरुद्ध चर्को नारावाजी गर्दै जनक चोकमा आएर कोण सभा गरेका थिए । उनीहरुले १३ प्रतिशत कर खारेज गर,खुल्ला नाका बन्द गर र कृषिजन्य सामग्रीमा कर लगाउन पाइदैन लगायतको नारावाजीसमेत गरेका थिए ।
आलु प्याजमा कर लगाए लगतै जनकपुरधामलगायत मधेश प्रदेशका व्यवसायीहरु आलु प्याजको आयात बन्द गरेका छन् । जसको प्रत्यक्ष प्रभाव यहाँका उपभोक्ताहरुमाथि परेको छ । आलु प्रतिकिलो ७० र प्याज ९० को करीब पुगेको छ ।
भारतबाट आयात हुने आलु प्याज बन्द भएपछि आलु प्याजको तस्करी बढेको छ । बरु खुल्ला नाका बन्द गर्दा हुने तर आलु, प्याज र फलपूmलमा लगाइएको कर हटाउनुपर्ने संघका अध्यक्ष अलाउदिन राईनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…