मोदीले उद्घाटन गरेको जनकपुर - अयोध्या बस सेवा ठप्प
न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र जनकपुर आउँदा उद्घाटन भएको नेपाल भारत मैत्री बस सेवा सञ्‍चालन अहिले ठप्प भएको छ । बैशाख २८ गते उद्घाटन भएको एकसाता भन्दा बढी वितिसक्दा पनि जनकपुर देखी अयोध्या र अयोध्या देखी जनकपुर आउने उक्त बस दोहोर्‍याएर चल्न सक

२०७५ जेठ ८ मंगलबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ जेठ । गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र जनकपुर आउँदा उद्घाटन भएको नेपाल भारत मैत्री बस सेवा सञ्चालन अहिले ठप्प भएको छ ।
बैशाख २८ गते उद्घाटन भएको एकसाता भन्दा बढी वितिसक्दा पनि जनकपुर देखी अयोध्या र अयोध्या देखी जनकपुर आउने उक्त बस दोहोर्याएर चल्न सकेको छैन।
अधिकांशले बसमा प्राविधिक गडबडी भएकोले बस चल्न नसकेको भनेपनि नेपाल भारत मैत्री बसको उद्घाटन भएको तर सम्झौता हुन नसक्दा दोहोर्याएर बस संचलानमा आउन नसकेको जनकपुर उप प्रमुख रिता मिश्रले बताएकी छिन्।
प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि जनकपुरबाट अयोध्या गएको उक्त बसलाई परराष्ट्र मन्त्रालयले भाडामा ल्याएको उपप्रमुख मिश्र बताउँछिन्।
पर्यटकहरुलाई घुमाउने उक्त बसलाई तत्काल उद्घाटनको लागि मात्र जनकपुर ल्याईएको र उद्घाटन पश्चात बस पुनः काठमाण्डौं फर्किसकेको मिश्रले बताइन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…