राती १० बजेसम्म जनकपुरको बजार खुल्ने भएपछि उफ्रिन थाले व्यापारीहरु
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गर्दै यसले धार्मिक पर्यटकहरूलाई थप आकर्षित गर्ने र यसले आर्थिक अवस्था चलायमान बन्ने विश्वास व्यक्त गरे ।

२०८० असार ३ आइतबार, राति ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रात्रिकालिन बजार खोल्नुपर्ने माग उठाएका जनकपुरका व्यापारीहरुले मात्र १० बजे रातीसम्म बजार खोल्ने अनुमति पाएपछि उफ्रिन थालेका छन् । जनकपुरधाममा आजदेखि रात्रिकालीन बजार सञ्चालन हुने भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घले आज रातिदेखि जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनमा ल्याएको हो । रात्रिकालिन बजारमा रातैभरि बजार सँचालन गर्ने वा कम्तिमा पनि १२ बजेसम्म बजार सँचालन गर्नुको साटो राती १० बजेसम्म सँचालन गर्ने भएपछि व्यापारीहरुमा खुसीयाली छाएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको हो ।
नगरप्रमुख मनोजकुमार साहले तत्काललाई राति १० बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिए । उनले अहिले सुरु गरेपछि बिस्तारै बजार सुधार गर्दै जाने बताए ।
जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले धेरै पहिलेदेखि विभिन्न निकायसँग माग गर्दै आएको थियो ।
उद्योगी व्यवसायीको माग बमोजिम रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा नगरप्रमुख साहले आजदेखि रात्रिकालीन बजार सञ्चालनको प्रस्ताव गरेका थिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गर्दै यसले धार्मिक पर्यटकहरूलाई थप आकर्षित गर्ने र यसले आर्थिक अवस्था चलायमान बन्ने विश्वास व्यक्त गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…