
न्यूज ब्यूरो, जनकपुरधाम । मोडेल बनाईदिने नाममा दर्जनौ किशोरीको यौन शोषण गरिएको खवरहरु निरन्तर आईरहन्छन् । ठुल ठुला ईभेन्टको नाममा किशोरी युवतिहरुलाई कृतिम सुन्दरी प्रतियोगिता गराएर यौन शोषणको घटनाहरु बाहिरिएकै हो ।
धार्मिक र साँस्कृतिक नगरी मानिएको जनकपुरधाममा समेत मोडेल बनाईदिने भन्दै “मिस्टर एण्ड मिस मधेश” नामक प्रतियोगिता गराउन थालिएको छ । सहभागी हुनको लागि चर्को शुल्क समेत लिने आयोजकले नक्कली सुन्दरीको नाममा लाखौँ रुपैयाँ असुली धर्म सँस्कृतिसँग खेलवाड गर्न पछि पर्दैनन् ।
यसअघि धनुषाकै महेन्द्रनगरमा कथित तौरमा गरिएको किशोरीहरुको सुन्दरी प्रतियोगिताको नाममा यौन शोषणको तथ्यहरु समेत चर्चामा आएको बेला जनकपुरधाममा पुनः यस्ता कार्यक्रम गर्न लागिएको हो ।
वाइबी फिल्मसले मिस्टर एक मिस मधेश प्रतियोगिताको आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । असार १५ गतेदेखि हुन आयोजना हुन लागेको यस प्रतियोगितामा दर्ताको लागि फारम वितरणसमेत शुरु भइसकेको छ ।
सम्मेलनमा वाइबी फिल्मसका अध्यक्ष रामएकवाल यादवले जनकपुरधामका किशोर किशोरीहरुको मोडलिंग क्षेत्रमा क्षमता अभिवृद्धि,व्यक्तित्व विकास र आत्मविश्वास बढाउने कुरा बताए । स्कोप नै नरहेको मोडलिँग क्षेत्र बढाउने नाममा धार्मिकताभन्दा अधिक पर ड्रेसअपमा कथित तौरमा नक्कली सुन्दरीको नक्कली ताज पहिराउने चलन मौलाउँदै गएको छ ।
मधेश प्रदेको रीतिरिवाज, चालचलन, संस्कृति तथा सम्पदाहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले समेत प्रतियोगिताको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बताईएको छ। यसअघि पनि भएको यस्तै कार्यक्रममा जनकपुरको, मिथिला मधेशको धर्म सँस्कृतिमाथि नै मोडलिँग गराउने भनिएपनि भित्रको अवस्था पश्चिमी सभ्यतामा केन्द्रीत रहयो ।
२० दिनसम्म नै चल्ने प्रतियोगितामा २५ जना महिला र २५ जना पुरुष सहभागी गराउने आयोजकले जनाएको छ। २० दिन सम्म सहभागीहरुलाई ¥याम्प ध्वपि,अन्तर्राष्ट्रिय स्तरको ग्रुमिंगसेसन,व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवद्र्धन,फेसन स्टालिंग,सार्वजनिक भाषण कला विकासलगायतको विषयमा प्रशिक्षण दिइने प्रचार गरिएको हो । प्रतियोगिताको विजेताहरुलाई १ लाख नगद तथा विभिन्न भ्रमणका प्याकेजहरु पुरस्कार दिइने जनाइएको छ ।
धर्म सँस्कृति बचाउन कार्यरत भनिएको हिन्दु सम्राट सेना नामक युवाहरुको समूहले यस कार्यक्रमप्रति साकारात्मक वा नाकारात्मक रहेको भन्ने धारणा आईसकेको छैनन् । यस्ता गतिविधिहरुको विरुद्धमा हिन्दु सम्राट सेनाले आवाज उठाउँदै आएको छ ।
जनकपुरमा धार्मिकतामै केन्द्रीत रही अहिलेसम्म कुनै पनि यस्ता प्रतियोगिता भएको छैनन् । धर्मानुसारको पहिरन, भेषभुषा, आस्थाको भेषभुषा झल्काउने गरी एउटा नै कार्यक्रम भएको छैनन् । केही देशहरुमा हिन्दु देवि देवताको पहिरणमा केन्द्रीत रही, सँस्कार सँस्कृतिमै केन्द्रीत रही यस्ता प्रतियोगिताहरु गराउँदै आएको छ ।
मधेश प्रदेशः प्रहरी हिरासतभित्रै महिलाको बलात्कार
- २०८० जेठ ३२ बिहीबार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार
पूरा पढ्नुहोस्