यातायातका कर्मचारीले सेवाग्राही कुटे
न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालय जनकपुरका कर्मचारीले सेवाग्राही कुटेका छन् । सवारी चालक अनुमति पत्रको लागि आवेदन खुल्ला गरिएपछि फारम बुझाउन यातायात कार्यालय पुगेका एक सेवाग्राही कुटिएका हुन् । नाम, ठेगाना खुल्न नसकेका एक युवकलाई कर्मचारीले नातागोता

२०७५ जेठ ७ सोमबार, दिउँसो ४:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ७ जेठ । यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालय जनकपुरका कर्मचारीले सेवाग्राही कुटेका छन् ।
सवारी चालक अनुमति पत्रको लागि आवेदन खुल्ला गरिएपछि फारम बुझाउन यातायात कार्यालय पुगेका एक सेवाग्राही कुटिएका हुन् ।
नाम, ठेगाना खुल्न नसकेका एक युवकलाई कर्मचारीले नातागोता एवम् पहुँचको आधारमा फारम लिने गरेको विरुद्ध बोल्दा कुटपिट गरिएको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
यस घटना बारे यातायात कार्यालयमा सम्पर्क गर्दा सम्बन्धित कर्मचारीले फोन उठाएका छैनन भने जिल्ला प्रहरी कार्यालय धनुषाले भीडमा धकम्मधकाईमा घाईते भएको जनाएको छ ।
कुटपिटबाट घाईते भएका युवाको मुहारमा चोटपटक लागेको छ भने उपचारको लागि अहिलेसम्म अस्पताल आइनसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना लुकाउन खोजिएको आरोप सेवाग्राहीहरुले बताएका छन् ।
यता, घटनाको यथार्थ के रहेको बारेमा सरोकारबालाले प्रतिक्रिया दिएका छैनन भने घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…