पत्रकार महासंघकी अध्यक्ष झाले कुटाई खाएको छैन, ढोँग मात्र गरिनः महासंघ
अध्यक्ष झाले सुनुयोजित तरिकाले राजनीतिक आस्था अनुसार सदस्यता वितरण गर्न खोजेपछि विरोध भएको जनाईएको छ । विभिन्न सँचारमाध्यममा अध्यक्ष झामाथि कुटपिट भएको तथ्यलाई खण्डन गर्दै कुटपिट नभएको र उनले ढोँग मात्र गरेको आरोप छ ।

२०८० जेठ २७ शनिबार, राति ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई कसैले कुटपिट नगरेको प्रष्टयाइएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष झामाथि कसैले कुनै प्रकारको कुटपिट नगरेको उल्लेख गरिएको छ । अध्यक्ष झाले ढोँग मात्र गरेको उल्लेख समेत गरिएको छ ।
अध्यक्ष झाले नियोजित तवरबाट आफू अनुकुल सदस्यता वितरण गर्न खोजेको खण्डमा विरोध मात्र जनाएको महासंघका सचिव बटुकनाथ झाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष झाले सुनुयोजित तरिकाले राजनीतिक आस्था अनुसार सदस्यता वितरण गर्न खोजेपछि विरोध भएको जनाईएको छ । विभिन्न सँचारमाध्यममा अध्यक्ष झामाथि कुटपिट भएको तथ्यलाई खण्डन गर्दै कुटपिट नभएको र उनले ढोँग मात्र गरेको आरोप छ ।
अध्यक्ष झासहित उनका प्यानलले उनीमाथि कुटपिट भएको प्रतिक्रिया दिँदै अस्पतालमा भर्ना गराएको बताएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…