सनि देओलको फिल्म गदर सिनेमा हलमा पुनः रिलिज गरिदैँ, अगस्तमा गदर–२ आउँदै
दर्शकहरुले पुनः सो फिल्मलाई सिनेमा हलमा लगाउन आग्रह गरेपछि पुनः रिलिज गरिने भएको छ । आउँदो अगस्त महिनामा आउन लागेको यही फिल्मको स्वीक्कल अर्थात दोस्रो भाग गदर–२ हेर्नुभन्दा अगाडी गदर फिल्म पहिले हेर्नुपर्ने भएको छ ।

२०८० जेठ २५ बिहीबार, राति ९:१८ बजे१ मिनेट पढाइ

एजेन्सी । हिन्दी सिने जगतमा इतिहास कायम गरेको सनि दिओल अभिनित फिल्म गदर पुनः रिलिज गरिने भएको छ । सन् २००१ मै रिलिज भएको गदर फिल्म सिनेमा हलमा पुनः २२ बर्षपछि रिलिज गर्न लागिएको हो ।
सनि दिओल, अपरिस पुरी, अमिषा पटेल मुख्य भूमिका रहेको फिल्म गदर २२ बर्षपछि सिनेमा हलमा पुनः रिलिज गर्न लागिएको हो । भोली शुक्रबारदेखि भारतसहित नेपालमा समेत विभिन्न सिनेमा हलमा रिलिज गरिने भएको छ ।
हिन्दुस्तान र पाकिस्तानबीचको सम्बन्धलाई समेत देखाईएको सो फिल्म रिलिज भएपछि बक्स अफिसमा सुपर डुपर हिट भएको थियो । सिनेमा हलमा सो फिल्म महिनौसम्म हाउसफुल चलेको थियो ।
दर्शकहरुले पुनः सो फिल्मलाई सिनेमा हलमा लगाउन आग्रह गरेपछि पुनः रिलिज गरिने भएको छ । आउँदो अगस्त महिनामा आउन लागेको यही फिल्मको स्वीक्कल अर्थात दोस्रो भाग गदर–२ हेर्नुभन्दा अगाडी गदर फिल्म पहिले हेर्नुपर्ने भएको छ ।
जनकपुरमा समेत सो फिल्म रिलिज गर्ने तयारी गरिएको हो । फिल्म हेर्न हाउसफूल हुने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…