सनि देओलको फिल्म गदर सिनेमा हलमा पुनः रिलिज गरिदैँ, अगस्तमा गदर–२ आउँदै 

२०८० जेठ २५ बिहीबार
रति ९:१८ बजे
न्यूज ब्यूरो, डेस्क

एजेन्सी । हिन्दी सिने जगतमा इतिहास कायम गरेको सनि दिओल अभिनित फिल्म गदर पुनः रिलिज गरिने भएको छ । सन् २००१ मै रिलिज भएको गदर फिल्म सिनेमा हलमा पुनः २२ बर्षपछि रिलिज गर्न लागिएको हो । 

सनि दिओल, अपरिस पुरी, अमिषा पटेल मुख्य भूमिका रहेको फिल्म गदर २२ बर्षपछि सिनेमा हलमा पुनः रिलिज गर्न लागिएको हो । भोली शुक्रबारदेखि भारतसहित नेपालमा समेत विभिन्न सिनेमा हलमा रिलिज गरिने भएको छ । 

हिन्दुस्तान र पाकिस्तानबीचको सम्बन्धलाई समेत देखाईएको सो फिल्म रिलिज भएपछि बक्स अफिसमा सुपर डुपर हिट भएको थियो । सिनेमा हलमा सो फिल्म महिनौसम्म हाउसफुल चलेको थियो । 

दर्शकहरुले पुनः सो फिल्मलाई सिनेमा हलमा लगाउन आग्रह गरेपछि पुनः रिलिज गरिने भएको छ । आउँदो अगस्त महिनामा आउन लागेको यही फिल्मको स्वीक्कल अर्थात दोस्रो भाग गदर–२ हेर्नुभन्दा अगाडी गदर फिल्म पहिले हेर्नुपर्ने भएको छ । 

जनकपुरमा समेत सो फिल्म रिलिज गर्ने तयारी गरिएको हो । फिल्म हेर्न हाउसफूल हुने अनुमान गरिएको छ । 

  • 86%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सर्लाहीमा जनमत पार्टीप्रति झुकाव बढदै , १२ हजार बढी सदस्यता वितरण

  • २०८० जेठ २५ बिहीबार

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बलरा नगरपालिका जनमत पार्टीको केन्द्रिय अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।  बलरा नगरपालिका वडा नं. १ मिर्जा हथिऔलमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा

पूरा पढ्नुहोस्

Bureau Menus