विदेशमा १५ बर्ष कमाएको सबै धन लिएर श्रीमति टिकटोकीयासँग फरार, विदेशमा टाउको पिटदै श्रीमान
ति दुईटै छोरा छोरीलाई घरमा छाडेर उनकी श्रीमति ठिल्ला भठियन बस्ने बिबेक मुखिया नाम गरेको एक टिकटोकियासँग ८० लाख रुपैयाँ लिएर फरार भएकी हुन । बिबेक मुखिया टिकटोकर हुन । विवेकसँग टिकटकमै माया बसेपछि कवित उनीसँगै फरार भएकी हुन् ।

२०८० जेठ २० शनिबार, राति १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थितबाट एक महिला श्रीमानको सबै कमाई लिएर फरार भएकी छन् ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ सिकयाहा बस्ने राम जिवन मुखियाको श्रीमति कविता कुमारी मुखियाले श्रीमानले विगत १५ बर्षदेखि कमाएको सबै धन सम्पति लिएर फरार भएकी छन् ।
मुखियाले विदेशमा १५ बर्षदेखि कमाएर जम्मा गरेको सबै रकम लिएर फरार भएको बताइएको छ । उनका अनुसार, कविताले ८० लाख रुपैयाँ समेत लिएर फरार भएकी हुन् ।
राम जिवन करिब १५–१६ बर्ष देखि बिदेश (कतार) बस्दै आइरहेका छन् । उनको बिहे भएको १३ बर्ष भइसक्यो, सात बर्षकी छोरी र ३ बर्षको छोरा घरमा छन्।
ति दुईटै छोरा छोरीलाई घरमा छाडेर उनकी श्रीमति ठिल्ला भठियन बस्ने बिबेक मुखिया ( @bibekbhai221) नाम गरेको एक टिकटोकियासँग ८० लाख रुपैयाँ लिएर फरार भएकी हुन ।
बिबेक मुखिया टिकटोकर हुन । विवेकसँग टिकटकमै माया बसेपछि कवित उनीसँगै फरार भएकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…