उमेशको "३० लाखको टारगेट" पुरा, कहिले चढ्ने अदालत ?
न्यूज ब्यूरो | जनकपुरधाम, ५ जेठ । सउदी अरेबियामा एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्यूदण्ड सुनाइएका उमेशको लागि ३० लाखको टारगेट (लक्ष्य) पुरा भएको छ । सउदीको जुबेल स्थित विगत १२ वर्षदेखि जेलमा रहेका धनुषा जिल्लाका उमेश यादव बचाउको लागि पीडित पाकिस्तानी परिवारले माफीनामा पत्र वापत माग गरेको ३०

२०७५ जेठ ५ शनिबार, दिउँसो ४:०२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ५ जेठ । सउदी अरेबियामा एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्यूदण्ड सुनाइएका उमेशको लागि ३० लाखको टारगेट (लक्ष्य) पुरा भएको छ ।
सउदीको जुबेल स्थित विगत १२ वर्षदेखि जेलमा रहेका धनुषा जिल्लाका उमेश यादव बचाउको लागि पीडित पाकिस्तानी परिवारले माफीनामा पत्र वापत माग गरेको ३० लाख नेपाली रुपैयाँको लक्ष्य पुरा भएको छ ।
ग्रोविंग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले पीडित परिवारसँग भेट गर्दै माफीना वापत ३० लाख माग गरेको बताएपछि उमेश बचाउको लागि देश विदेशबाट चन्दा तथा सहयोग सँकलन कार्य तीव्र पारिएको थियो ।
३० लाख रुपैयाँ दिएपछि उमेशको लागि माफीनामा पत्र दिने भनिएपछि देश विदेशमा रहेका नेपाली युवाहरुले एक एक रुपैयाँ जम्मा गरी ३० लाखसम्म सहयोग गरेका छन् ।
हालाकी, पाकिस्तानी परिवारले ३० लाख रुपैयाँ माग गरेको सम्झौता पत्र अहिलेसम्म अधिकारिक रुपमा सार्वजनिक गरिएको छैन भने वास्तवमा कति माग गरिएको छ भने बारे सर्वसाधारण एवम् सहयोगकर्तामा जिज्ञासा एवम् अलमलता प्रकट भएको देखिएको छ ।
ग्रोविँग नेपाल फाउण्डेशनका रायले १२ मई २०१८ सम्म मात्र रकम बुझाउनुपर्ने समय सीमा तोकिएको भएपनि सहयोग सँकलन कार्य अझ जारी रहेको छ ।
प्रभु बैँकमा ग्रोविँग नेपाल फाउण्डेशनको बैँक खाता सार्वजनिक गरिएकोमा अहिलेसम्मको स्टेटमेन्ट अनुसार २० लाख रुपैयाँ बढी सँकलन भइसकेको जानकारी गराइएको छ ।
यता, विदेशमा छरिएर रहेको मधेसी मूलका नेपालीहरुको साँझा संगठन हेल्प मधेसी नामक सँस्थाले मात्र सिँगो रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने भएपछि उमेश बचाउको लागि माग गरिएको रकम लक्ष्य पुरा भएको छ । 
बैँक स्टेटमेन्टमा ३ ४ दिन अघिसम्मको मात्र रकम देखाउने गरेकोले शनिबारसम्म अनुमानित २५ लाख रुपैयाँ बढी रकम जम्मा भएको अनुमान गरिएको छ ।
उमेश बचाउको लागि चाहिने माफीनामा पत्र वापतको ३० लाख रुपैयाँ बुझाउने समय सीमा सकिन्न लाग्दा सहयोगकर्ताहरुले सहयोग तीव्र पारिएपछि त्यतिको रकम जम्मा भएको अनुमान गरिएको छ ।
यता, अध्यक्ष रायले माथिको जम्मा भएको रकम उमेशको परिवारलाई सहयोग गर्ने जनाएका छन् । उमेशको घरमा बृद्ध आमावुवा, दुई छोरा र श्रीमति छन् ।
हेल्प मधेसी सँस्थाले यसअघि ६ लाख रुपैयाँ मात्र सहयोग गर्ने जनाएपनि उमेशको ज्यानलाई मध्यनजर गर्दै १० लाख रुपैयाँसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

हेल्प मधेसी सँस्थाले एक प्रेस तथा प्रतिवद्धता पत्र सार्वजनिक गर्दै १० लाख रुपैयाँ नेपाली सहयोग गर्ने जनाएको छ । सँस्थामा हजारौँ नेपालीहरु आवद्ध रहेको छ ।
कहिले चढ्ने अदालत ?
विगत १२ वर्षदेखि सउदी जेलमा कैद रहेका धनुषा कमला नगरपालिका वडा नं. ३ एवम् साविक माचि झिटकैया गाविस वडा नं. ४ पर्सा बस्ने ३७ बर्षिय उमेश यादव बचाउको लागि नेपाली दुतावास र परराष्ट्र मन्त्रालय सक्रिय भएको छ ।
सउदी स्थित रहेको नेपाली दुतावास र परराष्ट्र मन्त्रालयले उमेशलाई पब्लिक राईट अनुसार सुनाइएको मृत्यूदण्डको सजायप्रति असन्तुष्टी जनाउँदै पुनरावेदन गुहारेका छन् ।
नेपाली दुतावासले उमेशको मुद्दामा चासो लिंदै बचाउको लागि पूर्ण प्रयास जारी राखेका छन् भने पुनरावेदन अदालतमा मुद्दा सारिएको छ ।
उमेशको पेशी चढेपछि पीडीत परिवारले दिएको माफीनामा पत्रको आधारमा माफी दिने सँकेत छ भने पेशी कहिले चढ्ने भनेर जानकारी प्राप्त भएको छैन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…