विवाहित युवकले गरे केटा साथीको लागि बट–साबित्री पर्व
अचम्मको कुरा के छ भने महिलाको भेषमा साथीको पूजा गर्ने मण्डलले ६ वर्षअघि एक युवतीसँग विवाह गरेका थिए । अर्को तर्फ उनले बट सावित्री पुजा गरेका केटा अविवाहित छन् । यस सम्बन्धमा उनले फोनमा आफूले पहिलो पटक वट सावित्रीको पूजा गरेको बताए । उनले महिलाजस्तै पूजा गरेर आफ्नो साथीको लागि पूजा गर्ने अनुभूति गर्न चाहन्थे ।

२०८० जेठ ७ आइतबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलानीहरुले पतिको दीर्घायुको कामना गर्दै मनाउने बट–साबित्री पर्व शुक्रबार मिथिलानीहरुले विधिवत मनाइन । महिलाहरु बरको रुखलाई पूजा गरी श्रीमानको दीर्घायूको कामना गर्दै वटसावित्री पर्व मनाइयो, तर बिहारका एक युवकले आफ्ना साथी (दोस्त) का लागि बट सावित्री पर्व गरेको घटनाले सबैलाई अचम्मित तुल्याएका छन् ।
भारत बिहार राज्यको वाँका जिल्लाको बन्धुवा कुरावा थाना क्षेत्रको मणियारपुर चोकमा स्थानीय कपिलदेव मण्डलले आफ्नो पुरुष साथी नितेशका लागि पत्नीको रूपमा बट सावित्रीको पूजा गरेका हुन् ।
महिलाको पोशाक लगाएर बटको रुखमूनि पूजा गर्न जाँदा स्थानीयहरु छक्क परेका थिए । त्यहाँ ठूलो भीड नै जम्मा भएको थियो ।
साडी लगाएर आफूलाई सजाएर उनले आफ्ना साथी नितेशका लागि विधिवत पूजा गरेका थिए । उक्त घटनालाई त्यहाँ उपस्थित व्यक्तिले क्यामेरामा कैद गरेका थिए ।
उनले पूजा गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
अचम्मको कुरा के छ भने महिलाको भेषमा साथीको पूजा गर्ने मण्डलले ६ वर्षअघि एक युवतीसँग विवाह गरेका थिए । अर्को तर्फ उनले बट सावित्री पुजा गरेका केटा अविवाहित छन् ।
यस सम्बन्धमा उनले फोनमा आफूले पहिलो पटक वट सावित्रीको पूजा गरेको बताए । उनले महिलाजस्तै पूजा गरेर आफ्नो साथीको लागि पूजा गर्ने अनुभूति गर्न चाहन्थे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…