नक्कली कागजातमा नागरिकता दिइएको मुद्दामा वडाध्यक्षसहित दुई जना अदालतमा हाजिर
न्यूज ब्यूरो, राजविराज। झुठा विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपपछि फरार रहेको भन्दै पक्राउ पुर्जी जारी भएकामध्ये वडाध्यक्षसहित दुई जना बिहीबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । सप्तरी जिल्ला अदालतमा २०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता समबन्धी मुद्दाको अभियोगपत्रमा प्रतिवादी बनाइएकामध्ये

२०८० जेठ ५ शुक्रबार, बिहान ५:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज। झुठा विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपपछि फरार रहेको भन्दै पक्राउ पुर्जी जारी भएकामध्ये वडाध्यक्षसहित दुई जना बिहीबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।
सप्तरी जिल्ला अदालतमा २०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता समबन्धी मुद्दाको अभियोगपत्रमा प्रतिवादी बनाइएकामध्ये २६ जना फरार भएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएकामध्ये राजविराज नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उदितनारायण यादवसहित दुई जना बिहीबार अदालतमा हाजिर भएको जिल्ला अदालतका प्रवक्ता भरतमणि पोखरेलले जानकारी दिए । हाजिर भएका दुबै जनाका विषयमा थुनछेक बहस भइरहेको उनले जानकारी दिए । २०७९ साल फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सूर्यनारायण यादवको छोरा सतिश यादव भन्दै नेपाली नागरिकता जारी भएको थियो ।
१६–०१–७९–११६३१ नम्बरको जारी नागरिकता प्रशासकीय अधिकृत किशोरकुमार रामले प्रमाणित गरेका थिए । झुठा विवरण पेस गरी नागरिकता लिएको आरोपमा प्रहरीले सूर्यनारायण र सतिशलाई नियन्त्रणमा लिएपछि यो प्रकरण अगाडि बढेको हो ।
२८ जनामध्ये सूर्यनारायण र सतिश प्रहरी नियन्त्रणमा रहेकाले उनीहरुलाई २०८० जेठ १ गते बयान र थुनछेकका लागि अदालतमा उपस्थित गराइएको थियो । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले आरोपितमध्येका सूर्यनारायण र सतिशलाई जनही एक लाखका दरले धरौटी लिई तारेखका छाड्न २०८० जेठ १ गते आदेश दिएको थियो । दुबै जना धरौटी बुझाई तारेखमा छन् ।
सो मुद्दामा फरार सूचीमा रहेको भन्दै पक्राउ पुर्जी जारी भएकाहरुमा नागरिकता जारी गर्दा नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रसासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय सञ्जिवकुमार साह र सुरज नेपाल छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…