'मधेसको एक ईन्च पनि भूभाग भारतको अधिन हुन दिन्नौ'
न्यूज ब्यूरो | जनकपुरधाम, ४ जेठ । भारतका भारतीय जनता पार्टीका साँसद कीर्ति आजादले मधेसको भूभाग नेपालबाट अल्गयाउनुपर्ने आपत्तिजनक ट्वीट गर्दा चौतर्फी विरोध भएको छ । गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा साँसद आजादले मधेसको भूमि फिर्ता गर्नुपर्ने भनेर मोदीलाई ट्वीट गर

२०७५ जेठ ४ शुक्रबार, दिउँसो १:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ४ जेठ । भारतका भारतीय जनता पार्टीका साँसद कीर्ति आजादले मधेसको भूभाग नेपालबाट अल्गयाउनुपर्ने आपत्तिजनक ट्वीट गर्दा चौतर्फी विरोध भएको छ ।
गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा साँसद आजादले मधेसको भूमि फिर्ता गर्नुपर्ने भनेर मोदीलाई ट्वीट गरेका थिए ।

आपत्तिजनक ट्वीटपछि बढेको विवाद उग्र बन्दै गएको छ । यसैबीच नेपालको मधेसको एक ईन्च पनि भूभाग भारतमा गाँस्न नदिने भनेर गर्जेका छन् ।
मधेसी युथ थिंक टयान्कका अध्यक्ष डा. विनय पँजियारले मधेसको एक ईन्च भूभाग पनि भारतको अधिन हुन नदिने बताएका छन् ।
आजादको ट्वीटप्रति आक्रोस र आपत्ति जनाउँदै पँजियारले अन्तिम साँससम्म पनि मधेस र मधेसीको स्वभिमानको लागि सँघर्ष गर्ने बताए ।
गुलामी, नस्लबाद र उपनिवेशको अन्त्यको लागि सँघर्ष जारी राख्ने बताउँदै पँजियारले जसले जति हल्ला गरेपनि मधेस स्वधिन हुने दाबी गरेका छन् ।
संघीय साँसदहरुले भ्रष्टाचार र स्वार्थमा लीन भएकै कारण मधेसको दुर्गति भएको र कीर्ति आजाद जस्ताले आपत्तिजनक ट्वीट गर्ने हिम्मत पाएको आरोप उनले लगाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…